मधेश प्रदेशमा पहिलो पटक सिक्कल सेल एनिमिया, थालसेमिया लगायत ११ वटा वंशानुगत रोग पहिचान गर्ने परिक्षण शुरु

‘यी वंशानुगत रोगहरूको बेलै मा पहिचान गरिए ती व्यक्तिको आगामी पुस्तामा यो रोग लाग्न वाट जोगाउन सकिने भएकोले परिक्षण शुरु हुनु आफैमा मधेशको लागि कोशे ढुङ्गा हो:डा.श्रवणकुमार मिश्र , निर्देशक, प्रदेश जनस्वास्थ्य प्रयोगशाला’


जनकपुर– प्रदेश जनस्वास्थ्य प्रयोगशाला, जनकपुरले मधेश प्रदेशमा पहिलो पटक सिक्कल सेल एनिमिया, थालसेमिया लगायतका ११ प्रकारको वंशानुगत रोग पहिचान गर्न सक्ने ‘ हेमोग्लोबिन इलेक्ट्रोफोटोसिस’, परिक्षण शुरु गरेको छ ।

‘यी वंशानुगत रोगहरूको बेलै मा पहिचान गरिए ती व्यक्तिको आगामी पुस्तामा यो रोग लाग्न वाट जोगाउन सकिने भएकोले परिक्षण शुरु हुनु आफैमा मधेशको लागि कोशे ढुङ्गा हो’, प्रयोगशाला का निर्देशक डा.श्रवणकुमार मिश्रले नेपालहेल्थप्रेसडटकम संग भने–‘ हेमोग्लोबिन इलेक्ट्रोफोटोसिस परीक्षणले रगत जन्य वंशानुगत ११ वटा खराबी बारे थाहा पाइन्छ ।’ प्रयोगशालाले हेमोग्लोबिन इलेक्ट्रोफोटोसिस परिक्षणको शुल्क ८ सय रुपियाँ निर्धारण गरेको छ ।

हेमोग्लोबिन इलेक्ट्रोफोटोसिस परीक्षणको माध्यमले हेमाग्लोविन को कारणले गर्दा हुने सिक्कलसेल एनिमिया, अल्फा र बिटा थालसेमिया, हेमोग्लोबिन ‘इ’, ‘डी’, ‘सी’, ‘एफ’, ‘एच’, ‘वार्ट’ एवं हेमोल्गोविन को अल्फा, बिटा र डेल्टा भेरिएन्ट, ‘हेरिडिटरी फिटल हेमोग्लोबिन लगायतका रोगहरू पत्ता लगाउन सकिन्छ ।

स्वस्थ मानिसमा पाइने सामान्य हेमोग्लोबिन ‘हेमोग्लोविन ए’ र ‘हेमाग्लोविन ए२’, हो । यस वाहेको अन्य प्रकारको हेमोग्लोविन देखिए यसले शरीरमा रक्त अल्पता को विभिन्न रोग ल्याउने गर्छ ।

मुलुकमा सबै भन्दा बढी सिक्कल सेल एनिमिया थारू समुदायमा देखिएको जनाउदै डा.मिश्र भन्छन–‘त्यो भन्दा बाहेक हेमोग्लोविन ‘इ’, ‘डी’, ‘सी’, हेमाग्लोविन ‘सि’, ‘एफ’, ‘एच’, हेमोग्लोविन वार्ट आदि वंशानुगत रोग हो ।’
विज्ञहरूको अनुसार हेमाग्लोविनको कडी मुख्य रुपमा अल्फा र बिटा प्रोटिनबाट बनेको हुन्छ । यसमा अल्फा वा बिटाको कडीको कमीले गर्दा थालसेमिया रोग हुन्छ । सँगै परीक्षणको माध्यमले अल्फा, बिटा र डेल्टा भेरिएन्टको मात्रा नापेर रोगको कडापन अर्थात ‘मेजर’ वा ‘माइनर’ कुन हो निर्धारण गर्न सकिन्छ ।
शरीरमा हुने दुई जिन मध्ये दुवै मा खराबी देखिँदा मेजर थालसेमिया भनिन्छ भने २ वटा मध्ये एउटा जिनमा खराबी र अर्को जिन राम्रो देखिए रोगको कडापन कम अर्थात ‘माइनर थालसेमिया’, भएको भनिने डा.मिश्र बताउँछन ।

मधेश प्रदेशमा करिव दुई वर्ष अघि प्रदेश जनस्वास्थ्य प्रयोगशाला स्थापना भएको हो । प्रयोगशालाको अनुसार यहा करिव ७ हजार प्रकार भन्दा बढी परिक्षण सेवा उपलब्ध छ । यहा सर्ने, नसर्ने रोगको सम्पूर्ण प्रकारको जाचहरु, जिन सिक्वेन्सिङ्ग को जाँच समेत हुन्छ ।

प्रयोगशालाको परिक्षण शुल्क राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, काठमाडौं ले निर्धारण गरे जतिकै रहेको डा.मिश्र बताउँछन । यहा सुगर, रुटिन दिसा, पिसाब जाचको २५ रुपियाँ , युरिक एसिड जाचको ५० रुपियाँ, थाइराइडको तिनै किसिमको जाच ५ सय रुपियाँमा हुने गरेको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!