सात प्रदेशका १७ अस्पतालमा कोरोना संक्रमितको निःशुल्क उपचार


काठमाडौं – सरकारले कोरोना संक्रमितहरुको निःशुल्क उपचारको लागि सात वटै प्रदेश का १७ वटा अस्पताललाई तोकेको छ ।  स्वास्थ्य मन्त्रालयको निर्णय अनुसार कोरोनाका मध्यम र गम्भिर अवस्थाका बिरामीहरूले उक्त अस्पतालमा उपचार गराउँदा शुल्क तिर्नु पर्दैन । सङ्क्रमितको उपचार गरे वापत बिरामीको अवस्थाको आधारमा अस्पताललाई अनुदान दिने व्यवस्था भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस अन्तर्गत प्रदेश–१ मा कोशी अस्पताल , विराटनगर र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई तोकिएको छ । मधेश प्रदेशमा जनकपुर प्रादेशिक अस्पताल र नारायणी अस्पताल, बिरगंज लाई कोरोनाको निःशुल्क उपचार केन्द्रको रुपमा तोकिएको हो ।

सबै भन्दा बढी निःशुल्क उपचार केन्द्र बागमती प्रदेशमा तोकिएको छ । यस अन्तर्गत उपत्यकाको शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल, बीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र राजधानी बाहिर भरतपुर अस्पताल चितवनलाई निःशुल्क उपचार केन्द्रको रुपमा तोकिएको हो ।

गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र धौलागिरी अस्पताल बागलुङ, लुम्बिनीमा लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल र भेरी अस्पताल, नेपालगञ्ज, कणाली मा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र सुर्खेत प्रादेशिक अस्पताल वीरेन्द्रनगर लाई निःशुल्क उपचारको लागि तोकिएको छ । यस्तै सुदूर पश्चिम प्रदेशमा डडेलधुरा अस्पताल र सेती प्रादेशिक अस्पताल कैलाली लाई निःशुल्क कोरोना उपचार केन्द्रको रुपमा तोकिएको हो ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!