१०१ वर्षीय विश्वको सबै भन्दा बुज्रुक डाक्टर ले बताए दिमाग लाई तीक्ष्ण राख्ने ३ नियम

डा.हावर्ड को उमेर १०१ वर्ष हो र सन २०२१ मा उनलाई गिनिज वर्ड रेकर्डस द्वारा ‘सबै भन्दा बढी उमेर भएका प्राक्टिसिङ (अभ्यासरत) डाक्टर’ को उपाधि दिइएको थियो । उनी पछिल्लो ७७ वर्ष देखि प्राक्टिस गर्दै आएका छन् । जुन समय कोरोना विश्व भरी तबाही मच्चाउँदै थियो र सम्पूर्ण विश्व यसको डरले घर भित्र बन्द थिए ,त्यो समय समेत डा.हावर्ड आफ्ना बिरामी लाई उपचार गर्दै थिए ।


हालै अमेरिका का डा.हावर्ड टकर ले दिमाग लाई तीक्ष्ण राख्न को लागि ३ वटा नियम बताएका छन । स्मरण रहोस् डा.हावर्ड को उमेर १०१ वर्ष हो र सन २०२१ मा उनलाई गिनिज वर्ड रेकर्डस द्वारा ‘सबै भन्दा बढी उमेर भएका प्राक्टिसिङ (अभ्यासरत) डाक्टर’ को उपाधि दिइएको थियो । उनी पछिल्लो ७७ वर्ष देखि प्राक्टिस गर्दै आएका छन् ।

डा.हावर्डले एउटा मिडिया आटलेट सँग कुराकानी गर्दै बताएका छन् की उनी यो उमेर हरेक दिन बिहान ९ बजे देखी साँझ ६ बजे सम्म बिरामी लाई हेर्छन्, उनीहरूलाई सुझाव दिन्छन् र उपचार गर्छन् ।

यति मात्र नभइ ६० वर्ष को उमेरमा उनले ओहायो बार परीक्षा समेत उत्तीर्ण गरे र यस पछि ‘लँ स्कूल’ मा समेत एडमिसन लिएका थिए । आज समेत उनी निरन्तर अनुसन्धान गर्दै रहन्छन्, मुख्य रूपमा स्नायु हरू तथा तिनका रोगहरू अर्थात् न्युरोलोजी को बारेमा ।

यसै क्रममा धेरै जसो उनलाई सोधिने प्रश्न हो की यो उमेरमा समेत तपाइ कसरी आफ्नो दिमाग लाई कसरी यति तिक्ष्ण राख्नु हुन्छ ? डा.हावर्डले अन्ततः आफ्नो सीक्रेट साझा गरेका छन् ।

डा.हावर्ड को अनुसार, केही व्यायाम यस्तो हुन्छ जो हाम्रो मस्तिष्कलाई विकसित गर्न मा धेरै सघाउ पुर्याउन सक्छ । उनी भन्छन्–‘म १०१ वर्ष को उमेर मा समेत आफ्नो मस्तिष्क लाई तीक्ष्ण पार्न ३ वटा नियम को पालना गर्छु ।’ जानौं उनको तिन नियम ।

पहिलो नियम– आफूलाई व्यस्त राख्नुस्

सीएनबीसी सँग को कुराकानी मा डा.हावर्ड ले भने–‘मलाइ हरेक क्षण व्यस्त रहनु मेरो छनौट हो र यो मेरो कामको लागि समेत आवश्यक छ । न्युरोलोजी मा हरेक दिन नयाँ कुरा बाहिर आउँछ यस्तो मा यसको समीक्षा धेरै आवश्यक हुन्छ । यदि तपाइ पनि आफ्नो मस्तिष्क तीव्र गतिले काम गरोस् तीक्ष्ण रहोस् भन्ने चाहना राख्नु हुन्छ भने यसको लागि पहिलो नियम यही हो की तपाइ कुनै न कुनै काममा आफू लाई व्यस्त राख्नुस् ।

दोस्रो नियम – सामाजिक जीवन मा ध्यान दिनुस्

डा.हावर्ड ले भने–‘थुप्रै अध्ययन मा दाबी गरिएको छ की बलियो सामाजिक सम्बन्ध हाम्रो स्मरणशक्ति र संज्ञानात्मक काम लाई बनाइ राख्न मा मद्दत गर्न सक्छ । बलियो सामाजिक सम्पर्क भएका व्यक्ति बढी लामो र स्वस्थ जीवन बाच्छन् । यही कारण हो की आज समेत म सातामा कम्तीमा दुई पटक आफ्नो छोरी, उसको श्रीमान वा आफ्नो छोरा र बुहारी सँग रातीको खानाको लागि जान्छु । यो बाहेक केही साथी र सहकर्मी सँग नया रेस्टुरेन्टमा खान को लागि निस्किन्छु । यसले मानसिक स्वास्थ्य राम्रो रहन्छ ।’

तेस्रो नियम –मनोरञ्जन समेत आवश्यक छ

तेस्रो नियम वारे डा.हावर्ड बताउँछन की मस्तिष्क लाई तीक्ष्ण राख्नमा मनोरञ्जन पनि मद्दत गर्न सक्छ । उनले भने–‘जब म न्युरोलोजी (स्नायु र तिनका रोगहरू) मा नवीनतम प्रगति र उपचार हरूको बारेमा पढिरहेको हुन्न, अनि मलाई मनोरञ्जनको रूपमा जीवनी र रहस्य मय उपन्यास मा आधारित पुस्तक पढ्नु मेरो छनौटमा पर्छ । मेरो मान्यता छ की यो तपाइको मस्तिष्क लाई तीक्ष्ण राख्ने साँचो हो । राम्रो पुस्तक पढ्नाले तपाइ को मस्तिष्क युवा रहन्छ ।’

स्मरण रहोस् जुन समय कोरोना विश्व भरी तबाही मच्चाउँदै थियो र सम्पूर्ण विश्व यसको डरले घर भित्र बन्द थिए , मुख्य रूपमा बुढापाकाहरू लाई बचाइ राखिएको थियो की उनीहरू संक्रमण को पकड मा न आओस् , त्यो समय समेत डा.हावर्ड आफ्ना बिरामी लाई उपचार गर्दै थिए ।

आज समेत उनको भनाइ छ की ऊनको अहिले सेवा निवृत्ति ( रिटायरमेन्ट ) को कुनै योजना छैन । डा.हावर्डको मान्यता छ की सेवा निवृत्ति लामो उमेरको दुस्मन हो ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!