शरीरमा भिटामिन डी को कमी भएकामा गम्भीर आँखा पाक्ने रोग कंजक्टिवाइटिस


आखा पाक्ने रोग (आइ फ्लु) को व्यापक प्रसार बिच भारतमा हालै गरिएको एउटा अध्ययन अनुसार भिटामिन डि को कमी र एलर्जीको समस्या भएका व्यक्तिहरूले गम्भीर कन्जक्टिभाइटिसको सामना गर्नुपर्ने हुन सक्छ ।

यो अध्ययन बेंगलुरुको नारायण नेत्रालयमा रहेको टियर साइन्स ल्याबले गरेको हो । जसमा कन्जक्टिभाइटिसको उपचारको तरिकामा परिवर्तन हुन सक्ने बताईएको छ ।

यस अध्ययनमा कन्जक्टिभाइटिस रोगबाट पीडित व्यक्तिहरूलाई समावेश गरिएको थियो। अध्ययनको नतिजाले कन्जक्टिभाइटिस बाट पीडित ९२ प्रतिशत मानिसमा भिटामिन डी को मात्रा कम भएको देखाएको छ । कतिपय मानिसमा भिटामिन डी को स्तर ५ भन्दा कम देखिएको थियो । भिटामिन डी को सामान्य स्थिति लगभग ३० थियो ।

भिटामिन डी को कमीले कठिनाइ बढाउन सक्छ जब तपाईंको शरीरमा भिटामिन डिको स्तर धेरै कम हुन्छ, तब आँखाको रोग प्रतिरोधात्मक क्षमतामा असर पर्न थाल्छ र जब रोग प्रतिरोधात्मक क्षमता नराम्रो सँग प्रभावित हुन्छ, तब भाइरसले फरक तरिकाले आक्रमण गर्छ । यस्तो प्रतिक्रियाले कन्जक्टिभाइटिस लाई खतरनाक बन्ने मौका दिन्छ । अध्ययनमा समावेश गरिएका कन्जक्टिभाइटिस भएका करिब ५७–६० प्रतिशत मानिसहरूलाई एलर्जीको समस्या समेत थियो ।

कन्जेक्टिभाइटिसका बिरामी बढ्दै पछिल्ला केही सातादेखि भारत सँगै नेपालमा समेत कन्जक्टिभाइटिसका बिरामी बढेको चिकित्सक बताउँछन् । कन्जक्टिभाइटिस प्रायः एडेनोभाइरसको कारणलेहुन्छ । कतिपय बिरामीले कोर्निया सुन्निने, आँखामा पानी आउने र अल्सर भएको पनि गुनासो गरेका छन् ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!