आठ दिन यता दिनहुँ कोरोना ले मृत्यु ,खोप नलगाएका थप जोखिममा

पछिल्लो आठ दिन मा दिनहुँ कोरोनाले मृत्यु हुँदै आइतबार थप एक सहित १३ जनाले ज्यान गुमाएका छन । साउन देखी हाल सम्म कोरोनाले १५ जनाको ज्यान लिएको छ । यस मध्ये १३ जना खोप नलगाएका छन ।


काठमाडौं–नेपालमा पछिल्लो आठ दिन देखी कोरोना संक्रमणले दिनहुँ मृत्यु भइ रहेको छ । आइतबार थप एक जनाको मृत्यु भए पछि आठ दिन यता कोरोनाले ज्यान गुमाएकाहरूको संख्या १३ पुगेको हो ।

अझ साउन एक गते देखी हाल सम्म १५ जनाको ज्यान कोरोनाको संक्रमणले उत्पन्न जटिलताले गर्दा भइ सकेको छ । मुलुकमा कोरोनाको संक्रमण बढदो अवस्थामा हुने र खोप नलगाएकामा मृत्यु देखिने क्रम केही साता जारी रहन सक्ने विशेषज्ञहरूले बताएका छन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा.समिरकुमार अधिकारीको अनुसार आठ दिन यता दिनहुँ कोभिडले मृत्यु भइ रहनु चिन्ता जनक हो । उनले पछिल्लो दुई साता देखी दैनिक कोरोना संक्रमण दर र सङ्क्रमितहरूको संख्या समेत बढ्दो क्रममा रहेको जनाए ।

साउन यता कोरोनाले ज्यान गुमाउने १५ जना मध्ये १३ जना खोप नलगाएका छन । खोप लगाए पनि संक्रमणले मृत्यु वरण गर्ने दुई जना मध्ये १ जनाले एक मात्रा खोप लिनुको साथै उनमा मधुमेह उच्च रक्तचाप जस्ता दीर्घ रोग थियो भने अर्का ७५ वर्षीय पुरुषले पूर्ण मात्रा खोप लगाए पनि क्यान्सर, दम, ब्लड प्रेसर जस्ता दीर्घ रोगले पीडित थिए ।

तेश्रो लहरका अवसान पछि झण्डै अढाइ महिना देखी कोरोनाले मृत्यु हुने हरूको संख्या शून्य रहे पनि साउन १ गते देशी शुरु भएको मृत्यु हुने क्रम जारी छ ।

पछिल्लो समय खोप नलगाएकाले अस्पताल भर्ना गर्नु पर्ने अवस्था देखिनुको साथै उनीहरूमा मृत्यु समेत देखिएको जनाउदै सह प्रवक्ता डा.अधिकारी भन्छन–‘कोरोना विरुद्धको खोप खोप नलिएकाले तुरुन्त खोप लिनु पर्छ ।कोमर्विडिटी (अन्य दीर्घ रोगहरू) भएकालाई संक्रमण र सम्भावित जटिलता वाट जोगाउन उहाँ लगायत सम्पर्कमा रहेका हरूले स्वास्थ्य सुरक्षाका मापदण्ड कडाइका साथ पालना गर्नु पर्छ ।’

पछिल्लो दुइ साता देखी कोरोनाले अस्पताल भर्ना भएकामा देखिएको स्वास्थ्य जटिलता र मृत्युको प्रारम्भिक अध्ययन अनुसार खोप नलगाएका र ‘कोमर्विड’ स्वास्थ्य अवस्था भएकाहरू थप जोखिममा रहेको देखिएका छन ।

हाल सम्म खोप लगाउन नपाएका वा कुनै कारणवश नलगाएकाले तुरुन्त चिकित्सकीय सल्लाहमा खोप लिएर न्यनतम दुई साता सम्म कडाइ साथ कोरोना विरुद्धको थप स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्नु पर्ने समेत डा.अधिकारीले बताए ।

स्वास्थ्य मन्त्रालयको अनुसार आइतबार सम्ममा नेपालको कुल जनसङ्ख्याको ७०.५ प्रतिशत अर्थात २ करोड ५ लाख ७९ हजार ३ सय ६५ जनाले पुर्ण मात्रा खोप लिएका छन । ७३.८ प्रतिशत अर्थात २ करोड १५ लाख ५० हजार १ सय ६० जनाले न्यूनतम एक मात्रा खोप लगाएका हुन । कुल जनसङ्ख्याको २४.८७ प्रतिशत अर्थात ७२ लाख ६२ हजार ४ सय १२ जनाले बुस्टर डोज खोप समेत लगाएका छन ।

सघन उपचार पाउनेहरूका संख्या समेत पछिल्लो समय दिनहुँ बढ्दो देखिएको छ । आइतबार देशभरीमा ३३ जना आइसीयु र ५ जना भेन्टिलेटरमा उपचाररत छन । यस अन्तर्गत आइसीयुमा प्रदेश १ वाट २, वागमती प्रदेशवाट २९, गण्डकी प्रदेशपाट १ र सुदुर पश्चिम प्रदेशमा १ जना गरी जम्मा ३३ जना छन । वागमती प्रदेश मै ५ जना भेन्टिलेटरमा समेत छन ।

पछिल्लो समय कोरोनाले जटिल स्वास्थ्य स्थिति भएर अस्पताल भर्ना हुनेहरुमा सघन उपचार र भेन्टिलेटर आवश्यक भएकाहरुको संख्या बढ्दो देखिएको छ । डा.अधिकारीका अनुसार उपत्यकामा उपचारको क्रममा मृत्यु हुने कोरोनाका अधिकांश विरामी अन्य जिल्ला वाट उपचारका लागि राजधानी आएकाहरु हुन ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!