के तपाई सिँढी चढ्दा स्वाँस्वाँ गर्न थाल्नु हुन्छ ? हुनसक्छ यी ५ मध्ये १ रोग


सास चल रहेको छ भने मानिस जीवित हुन्छ । त्यसैले तपाइको शरीरमा जहिले पनि खतरनाक रोग प्रवेश गर्छ, तब सबै भन्दा पहिले तपाईंलाई सास लिनमा पीडा हुन थाल्छ ।

उदाहरणका लागि, यदि तपाई लाई सीढी हरू चढ्दा सास फेर्न गाह्रो हुन्छ वा कुनै प्रकारको असुविधा हुन्छ । वा हिँड्दा वा सानो काम गर्दा अप्ठ्यारो हुन थाल्छ र सास फेर्न गार्हो हुन थाल्छ भने यो खतरनाक रोगको गम्भीर लक्षण हुन सक्छ।

हेल्थ डाइरेक्ट को अनुसार फोक्सोको रोग, मुटुको रोग, फोक्सो वा मुटुमा संक्रमण, प्यानिक अट्याक र फोक्सोको नसामा अवरोधका कारण सिँढी चढ्दा वा छिटो हिँड्दा सास फेर्न गाह्रो हुन थाल्छ ।

यदि तपाई लाई कुनै पनि प्रकारको छातीमा समस्या छ भने, तुरुन्तै चिकित्सकलाई देखाउनुहोस्

सास फेर्न गाह्रो हुनुका साथै खोकी, चिन्ता, छाती दुख्ने वा कसिलो हुने, छाती दुख्ने, हाछ्यु आउने, नाक बन्द हुने र घाटी दुख्ने जस्ता कारणले असहज महसुस हुन थाल्छ । त्यसैले यी लक्षणहरूलाई हल्का रूपमा नलिनुहोस्, र समय नगुमाई, तुरुन्तै चिकित्सकलाई देखाउनु पर्छ।

बदलिदो मौसममा विशेष ख्याल गर्नुहोला 

आजकल मौसम धेरै छिटो परिवर्तनहुँदैछ। यस्तो अवस्थामा श्वास प्रश्वास सम्बन्धी रोग निकै खतरनाक हुन्छ । यस समयमा भाइरस र ब्याक्टेरियाको जोखिम बढ्छ। जसले तपाई को स्वास नली सुन्निन थाल्छ ।

धूम्रपान वा जंक फुड नखानुहोस्

धूम्रपानका, मद्यपान, अत्याधिक जंक फुड खादा सास फेर्न गाह्रो हुन सक्छ। त्यसैले बोसो युक्त खाने कुरा त्याग्नुपर्छ । यसले रोगलाई गम्भीर बनाउन सक्छ।

फोक्सोलाई डिटक्स गर्नका लागि आहारमा यी तरकारी र फलफूलहरू समावेश गर्नुहोस्

फोक्सो लाई बलियो बनाउनुको साथै डिटक्स गर्नको लागि एन्टिअक्सिडेन्ट र एन्टी–इन्फ्लेमेटरी खानाहरू आवश्यक हुन्छ। त्यसैले आफ्नो आहारमा बेसार, गोलभेडा, अमिलो फलफूल, लौका, स्याउ, चुकन्दर समावेश गर्नुहोस्।

अदुवाले फोक्सो सफा गर्छ

यदि तपाइ बिना समस्या सास फेर्न चाहनुहुन्छ भने, फोक्सोको सफाइ आवश्यक छ । त्यसैले हरेक दिन अदुवा, कागती र मह मिलेर बनेको हर्बल चिया पिउनुहोस्। यसले फोक्सोको नशालाई आराम दिनुका साथै फोहोर पनि हटाउँछ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!