डेंगु को उपचार के हो? विश्व स्वास्थ्य सङ्गठनले के भन्छ?


काठमाडौं– विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को अनुसार डेंगु ज्वरोको लागि कुनै खोप वा विशेष औषधि छैन । डब्लुएचओ को अनुसार डेंगुका बिरामीहरूले चिकित्सकको सल्लाह लिनुपर्छ, आराम गर्नुपर्छ र प्रशस्त तरल झोल पदार्थ पदार्थ सेवन गर्नु पर्छ ।

ज्वरो कम गर्न र जोर्नी दुखाइ कम गर्न पारासिटामोल चक्की लिन सकिन्छ । यद्यपि, डेगु संक्रमण भएकाहरूले एस्पिरिन वा आइबुप्रोफेन लिनु हुदैन किनभने यसले शरीरमा आन्तरिक रक्तस्रावको जोखिम बढाउन सक्छ ।

डब्लुएचओको अनुसार डेंगु भाइरसबाट सङ्क्रमित भएका बिरामीहरूले पहिलो लक्षण देखा परेपछि (४–५ दिनमा, अधिकतम १२ दिन) एडिस लामखुट्टे को माध्यमले सङ्क्रमण सार्न सक्छन्। सावधानीको रूपमा, बिरामीहरूले झुलमा सुतेर संक्रमण को फैलाव कम गर्न सक्छन् ।

एक स्ट्रेनको संक्रमणले त्यो विशेष स्ट्रेन विरुद्ध मात्र जीवनभर सुरक्षा प्रदान गर्छ । यद्यपि, यो सम्भव छ की अन्य स्ट्रेनबाट संक्रमित भएर गम्भीर डेंगु हुन सक्छ ।

जब गम्भीर डेंगुको चेतावनी सङ्केतहरू देखिन्छन भने तुरुन्त डाक्टर सँग परामर्श गर्नुको साथै अस्पतालमा भर्ना भएर रोग व्यवस्थापन गर्नु पर्ने डब्लुएचओले उल्लेख गरेको छ । उचित चिकित्सा हेरचाह र प्रारम्भिक रोग पहिचान सँग, डेगुमा मृत्यु दर १ प्रतिशत भन्दा कम छ । यद्यपि, समग्र अनुभव धेरै असुविधाजनक र अप्रिय रहन्छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!