२७ प्रकारको क्यान्सररोधी तत्व भएको सुपर फुड आलस अर्थात तिसी


हामीले दैनिक जीवनमा उपयोग गर्ने आलस अर्थात तिसी मा २७ भन्दा बढी प्रकारको क्यान्सररोधी तत्वको खोजी गरि सकिएको छ । यी तत्व क्यान्सर रोधी हर्मोनलाई प्रभावकारी बनाउँछ ।

मुख्य रुपमा पुरुषमा प्रोस्टेट र महिलामा स्तन क्यान्सर रोकथाममा आलसको सेवन प्रभावकारी मानिएको छ । आलसको सेवनले अत्यधिक फाइदा पुग्ने हुनाले नै यसलाई ‘सुपर–फुड’ भन्ने गरिएको छ ।

आयुर्वेदको चरक संहितामा समेत आलस को चिकित्सा उपयोग बारे उल्लेख विस्तारमा गरिएको छ । विभिन्न अनुसन्धानहरू को अनुसार अन्य खाद्य पदार्थको दाँजोमा आलसको बीउका ‘प्लान्ट हार्मोन’ ‘लिगनन्म’को मात्रा आठ सय गुणा बढी हुन्छ । यो क्यान्सर वाट बचाउ र मुटुलाई बलियो राख्न सहायक मानिन्छ ।

आलसको नियमित सेवन ऊर्जा, स्फूर्ति र दृढता प्रदान गर्छ र मनुष्यलाई तनावको क्षणमा समेत शान्त र स्थिर बनाउन सहायक हुन्छ । सन्तुलित मात्रामा नियमित रुमले यसको सेवन गर्नाले रगतमा चिनी तथा कोलेस्ट्रोलको मात्रालाई कम गर्छ ।

यसले जोर्नीको कडापना लाई हटाउनु को साथै प्राकृतिक रेचक गुण हुने भएकोले पेटलाई समेत सफा गर्छ । आलस सेवन गर्नेहरूलाई कब्जियतको समस्याले सताउँदैन । यसको नियमित उपयोग हृदय रोगको खतरालाई कम गर्छ, रक्तचाप लाई समेत नियन्त्रित गर्छ ।

क्यानेडाको डा.ग्रानट पियर्स द्वारा गरिएको अनुसन्धान अनुसार आलसको विउ वाट बनेको पदार्थ हृदय रोग निको पार्नमा सहयोगी हुन्छ । आलस सौन्दर्य बढाउन समेत प्रभावकारी मानिन्छ । आलसको नियमित उपयोगले छालालाई स्वक्ष राख्नुको साथै सुक्खा पनालाई हटाएर ‘एक्जिमा’ आदिबाट बचाउ गर्छ ।

कपाल र नङ लाई वृद्धि गरेर त्यसको सुन्दरतालाई कायम राख्नुको साथै स्वस्थ र चम्किलो समेत बनाउँछ । आलसले छालाको बढ्दो उमेरको असरलाई समेत कम गर्छ । यसको नियमित सेवनले रज निवृत्ति सँग सम्बन्धित समस्यालाई समेत कम गर्छ । मासिक धर्मको समय देखिने दुखाई कम गरेर गर्भाशयलाई स्वस्थ राख्छ ।

आलस भिटामिन र मिनरल युक्त शक्ति वर्धक आहार हो । आधुनिक विज्ञान अनुसार यसमा मुख्य रूपले ग्लिसराइड र अनेक महत्वपूर्ण बोसो भएको अम्ल हुन्छ । उक्त बोसो भएको अम्लमा ‘लिनोलिक’ र लिनोलेनिक एसिड, पामिटिक, स्टियरिक, ओलिक एसिडको बाहेक मुटुलाई स्वस्थ राख्ने ‘ओमेगा–३’ फैटि एसिड पाइन्छ । यसले रगत नलीमा बोसोको जमाइ लाई रोक्छ ।

यो बाहेक आलसमा केही मात्रामा चिनी, प्रोटिन, क्याल्सियम, पोटासियम, फलाम, जिंक, फस्फोरस, समेत पाइन्छ । यसमा कोलेस्ट्रोल र सोडियमको मात्रा अत्यन्त न्यून र फाइबरको मात्रा धेरै बढी हुन्छ । एक सय ग्राम आलस मा बोसो ३७.१ प्रतिशत, कार्बोहाइड्रेट २८.९ प्रतिशत, प्रोटिन २०.३ प्रतिशत, फाइबर ४.८ प्रतिशत खनिज तत्व २.४ प्रतिशत हुन्छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!