बढी हाई काढ्नु राम्रो संकेत होइन, कही न कही केही गडबड छ


निन्द्रा पुरा नहुदाँ, बढी थकाइ अनुभव भए पछि हाई आउनु वा हाई काढ्नु सामान्य कुरा हो । तर के तपाइले ध्यान दिनु भएको छ , थुप्रै व्यक्ति निरन्तर केही अन्तरालमा हाई काढने गरेका छन् । यो स्वास्थ्य को लागि राम्रो संकेत होइन ।

थुप्रै पटक धेरै बढी हाई काढ्नु को सम्बन्ध केही गम्भीर रोग सँग पनि हुन सक्छ । हाई काढ्नु लाई धेरै जसो निन्द्रा सँग जोडेर देखिने गरिएको छ । तर यस्तो पनि व्यक्ति छन् जो पुर्न निन्द्रा लिए पनि दिनभरि हाई काढी रहेका हुन्छन् । यस्तो भए शरीरको प्रकृयामा केही गडबडी त छैन भनेर जान्ने प्रयास गर्नु पर्छ ।

यदि तपाइ घेरै बढी हाई काढ्नु हुन्छ जो १५ मिनेटको समय मा तिन पटक भन्दा बढी छ भने यो स्वास्थ्य समस्याको संकेत हुन सक्छ । हाई काढ्नु मुख खोल्ने, गहिरो सास लिने र फोक्सोमा हावा भर्ने अनैच्छिक प्रक्रिया हो ।

उसो हाई काढने को कुनै यकिन कारण छैन, यसलाई धेरै जसो थाकिएको अवस्था अन्तर्गत हुने स्वाभाविक प्रक्रिया को रूपमा देखिने गरिन्छ । वास्तवमा हाई काढ्ने सामान्यतया निन्द्रा वा थकाइ को कारणले हुन्छ । थाके पछि वा वाक्क भए पछि हाई काढ्नु स्वाभाविक हो ।

अत्याधिक हाई काढ्नु अन्य स्वास्थ्य स्थितिको कारण पनि हुन सक्छ । बढी हाई काढ्नु पछाडि को स्वास्थ्य समस्याहरूको संकेत बढी हाई काढ्नू को पछाडि निन्द्रा को कमी सबै भन्दा सामान्य कारक मध्ये एक हो ।

उसो निन्द्राको यो अभाव कुनै स्वास्थ्य अवस्था जस्तै स्लिप एप्निया वा अनिन्द्रा को कारण हुन सक्छ । स्लिप एप्निया एउटा गम्भीर निन्द्रा विकार हो जसमा सास बारम्बार रोकिन्छ र शुरु हुन्छ । यदि जोडले घुर्ने व्यक्ति रात भरको निन्द्रा पछि समेत थाकेको अनुभव गर्छन् भने स्लिप एप्नियाको बिरामी हुन सकछन ।

कुनै विशेष औषधि लिएको साइड इफेक्ट मा पनि बढी हाई आउन सक्छ । केही एन्टिसाइकोटिक्स वा एन्टीडिप्रेसेन्ट औषधि साइड इफेक्ट को रूपमा बढी हाईको कारण बन्न सक्छ । यो समस्या वाट बाच्न विना डाक्टरको सल्लाह औषधि सेवन गर्नु हुदैन ।

बढी हाई काढ्नू ब्रेन डिसअर्डर र को पनि संकेत हुन सक्छ । पार्किन्सस रोग, मल्टिपल स्केलेरोसिस, माइग्रेन टाउको दुखाइ जस्तो अवस्था बढी हाई काढ्ने कारण बन्न सक्छ ।

स्वास्थ्य विशेषज्ञ अनुसार बढी हाई काढ्नू चिन्ता वा तनाव को कारण हुन सक्छ । यस्तो मा हाई काढ्नू व्यक्ति विशेषको लागि तनाव सँग जुध्ने एउटा तरिका हुन सक्छ । यस्तै मुटु को समस्या को कारण समेत बारम्बार हाई आउँछ । शरीरको चारै तिर अक्सिजनको आपूर्ति प्रभावित हुँदा पनि हाई आउने गरेको छ ।

मिर्गी /छारे रोग (एपलेप्सी) को रोग वाट पीडित व्यक्ति मिर्गीको एटैक हुनु भन्दा अघि वा पछि धेरै बढी हाई काढ्छन् । यो बाहेक मिर्गी को कारणले बिरामी लाई बढी थकाइ अनुभव हुन लाग्छ र यो कारणले पनि बिरामी हाई काढ्छन् । यस्तै कलेजो फेल (लिभर फेल्योर) हुने रोग भएका हरू बढी थकाइ अनुभव हुन थाल्छन् र एक दिनमा थुप्रै पटक हाइ काढ्न थाल्छन् ।

यति मात्र नभइ हाइ काढनुको एउटा कारण डिप्रेसन (उदासी रोग) पनि हो । यस्तो अवस्थामा व्यक्ति धेरै थकाइ अनुभव गर्छ वा एन्टि डिप्रेसेन्ट औषधि हरुको सेवन गर्ने कारण धेरै बढी हाइ आउने गरेको छ ।

धेरै बढी हाइ काढनुको निदान

धेरै बढी हाई काढ्नू को कारण पहिचान गर्न चिकित्सकले सबै भन्दा पहिले प्रभावित व्यक्तिले लिने औषधि सँग सँगै निन्द्राको बानी बारे सोध्न सक्छन् । चिकित्सा कर्मी सबै भन्दा पहिले यो सुनिश्चित गर्न खोज्छन् प्रभावित व्यक्ति पर्याप्त आराम दायक निन्द्रा पाइरहेका छन् वा छैनन् । यसले उनीहरूलाई बढी हाई काढ्नू को कारण थकाइ वा निन्द्रा सम्बन्धी विकार हो वा होइन भन्ने थाहा पाउन सजिलो हुन्छ ।

निन्द्राको समस्या नभएको खण्डमा चिकित्सकहरूले धेरै बढी हाई काढनुको अन्य सम्भावित कारण पत्ता लगाउन विभिन्न परीक्षण गर्न सक्छन् । इलेक्ट्र्रेएन्सेफलोग्राम (इइजी) ती परीक्षण हरू मध्ये एउटा हो जसको उपयोग गर्न सकिन्छ । इइजी मस्तिष्कमा विद्युतीय गतिविधि मापन गर्छ । यो केही यस्तो अवस्थाको पहिचान गर्न सघाउन सक्छ जसले मस्तिष्कलाई प्रभावित गर्छ । जसमा मिर्गी , पैरासोमनिया , जस्तो निन्द्रामा हिँड्नु , मस्तिष्कको चोट , आघात आदि सामेल छ ।

यदि औषधिको कारण धेरै बढी हाई आइ रहेको छ भने , डाक्टर कम मात्रा सिफारिस गर्न सक्छन् । आफ्नो औषधि मा कुनै परिवर्तन गर्नु अघि चिकित्सक सँग यो कुरा सुनिश्चित गर्नु पर्छ ।

धेरै बढी हाई आउनु को थुप्रै सम्भावित कारण ले गर्दा चिकित्सक सँग यो विषयमा कुरा गर्नु प्रभावित व्यक्तिको लागि फाइदा कारी हुन सक्छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!