सरकार द्वारा डा पुकार चन्द्र श्रेष्ठ लाई अङ्ग प्रत्यारोपण विकास समितिको अध्यक्षमा नियुक्ती


काठमाडौं– सरकारले अङ्ग प्रत्यारोपण समितिको अध्यक्ष मा शहीद धर्म भक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र का निर्देशक एवं कलेजो र मिर्गौला प्रत्यारोपण शल्य चिकित्सक डा पुकार चन्द्र श्रेष्ठलाई नियुक्त गरेको छ ।

यस्तै प्रत्यारोपण समितिको सदस्यहरूमा डा महेश सिग्देल, डा प्रवीण विक्रम थापा र डा महेश अधिकारीलाई नियुक्त गरेको हो ।

स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतको सिफारिसमा मंगल बार बसेको मन्त्रिपरिषदको बैठकले अध्यक्षमा डा.पुकार सहित सदस्यहरूमा तिन जना चिकित्सकलाई नियुक्त गरेको छ ।

सदस्यहरू मध्ये डा सिग्देल त्रिवि शिक्षण अस्पताल, डा थापा काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल र डा अधिकारी नेपाल मेडिसिटी अस्पतालमा कार्यरत छन् । यस अघि अङ्ग प्रत्यारोपण समितिको अध्यक्ष मा प्रा.डा. दिव्या सिंह शाह थिइन् । उनको गत बर्ष २४ कात्तिक मा पदावधि सकिए पनि ८ महिना देखि अध्यक्ष को नियुक्त भएको थिएन ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!