डेंगु जुनसुकै वेला महामारी को रूपमा फैलिन सक्ने


काठमाडौं –स्वास्थ्य सेवा विभागले मुलुकमा डेंगु महामारी को रूपमा जुन सुकै समय फैलिन सक्ने चेतावनी दिँदै हरेक साता एक दिन आ–आफ्नो घर र छेउछाउमा लामखुट्टे खोजेर नष्ट गर्ने अभियान मा लाग्न आह्वान गरेको छ ।

व्यापक रुपमा फैलिए को अर्को वर्ष समेत डेगु महामारीको रूपमा प्रस्तुत हुन सक्ने औँल्याउँदै स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा(इडीसिडी) सम्भावित संक्रमण विरुद्ध तयारी अवस्थामा रहेको जनाएको छ ।

गत वर्ष सन २०२२ मा सरकारी लगायतका अन्य स्वास्थ्य निकायको माध्यमले डेंगु संक्रमण पहिचान भएका ५४ हजार ७ सय ८४ जना बिरामी देश भरीमा देखिएको थियो । तर यो तथ्याङ्क लाई इडिसिडीकै पदाधिकारीहरू कम रिपोर्ट गरिएको बताउँदै आएका छन् । इडीसिडीका निर्देशक डा.रुद्र प्रसाद मरासिनी भन्छन–‘डेंगु संक्रमण वास्तविकताको दाँजोमा कम रिपोर्ट गरिएको छ । निजी लगायतका स्वास्थ्य संस्था र कतिपय स्थानीय तहले समेत यो संक्रमण भएकाहरूको तथ्याङ्क रिपोर्ट गरेका छैनन् ।’

झन्डै दुई दशक अघि २०६१ सालमा पहिलो पटक नेपालमा प्रयोगशाला प्रमाणित डेगु रिपोर्ट गरिए पनि यो संक्रमण मधेश लगायतका अन्य भागमा शताब्दीयौं देखी जारी छ ।

इडिसिडीको अनुसार सन २०२३ को जनवरी देखी हाल सम्म डेंगुले ६६ जिल्लामा १ हजार १ सय ९२ जना संक्रमित भएका छन भने एक जनाको मृत्यु समेत भएको छ । डेगुको काठमाडौं, ललितपुर र भक्तपुरमा क्रमशः ४६, १३ र ३६ गरी उपत्यकामा ९५ जनामा संक्रमण देखिएको हो ।

गत वर्ष को डेंगु संक्रमण को प्रवृक्ति अनुसार यही समय (जुलाई महिना) देखि संक्रमण बढ्ने गरेको र सेप्टेम्बरमा उत्कर्षमा पुगेर डिसेम्बर महिना पछि कम हुने गरेको देखिन्छ ।

तर वर्षा याम सँगै यो संक्रमण शुरु हुने र अन्ततः जाडो याम आउन थाल्दा कम हुँदै जाने समय बीच संक्रमित भएकाहरूमा विभिन्न स्वास्थ्य जटिलता सँगै ज्यान जाने जोखिम समेत रहने शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल, टेकुका चीफ कन्सलटेन्ट फिजिसियनडा.विमलचालिसे बताउँछन ।

दिउसो टोक्ने संक्रमित लामखुट्टे वाट हुने भाइरल संक्रमण डेगुले सन २०२२ मा ८८ जनाको मृत्यु भएको चिकित्सकीय रूपमा प्रमाणित भएको थियो ।

एक सय जना लाई डेंगु संक्रमण भए यस मध्ये ८० जना लाई कुनै लक्षण नै देखिँदैन । सय संक्रमित मध्ये १० देखी १५ जना मा सामान्य लक्षण देखिन्छ भने १ देखी २ जनालाई गम्भीर लक्षण देखिन्छ । अझ एक सय जनालाई गम्भीर डेंगु हुँदा उपचार नगरे पनि ८० प्रतिशत लाई सन्चो हुने जनाउँदै डा.चालिसे भन्छन–‘गम्भीर केशहरूमा उपचार गरे पनि २ देखी ३ प्रतिशत लाई बचाउन न सकिएको देखिएको छ ।’

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को अनुसार डेंगु संक्रमण को आफैमा कुनै उपचार छैन तर बिरामीले अनुभव गर्ने लक्षणहरूको व्यवस्थापन गर्न सकिन्छ । डेगुमा चिकित्सकहरूले लाक्षणिक उपचार गर्ने गरेका छन् ।

डेंगु लागेको अधिकांश मानिसमा लक्षण न देखिए पनि यसको सामान्य लक्षणहरू उच्च ज्वरो, टाउको दुख्ने, शरीर दुख्ने, वाकवाकी र शरीरमा दागहरू देखिनु हो । धेरै जसो व्यक्तिलाई यो समस्या एक देखी दुई साता पछि आफै निको हुन्छ । तर गम्भीर डेंगु भएका केही व्यक्तिलाई अस्पतालको हेरचाह आवश्यक हुन्छ । यस्तो गम्भीर अवस्थाको डेंगु घातक हुन सक्छ ।

नेपाल मात्र नभइ विश्व कै आधा जनसंख्या हाल डेगुको जोखिममा छन झनै वर्षेनी १० करोड देखी ४० करोड व्यक्तिमा यो संक्रमण हुने अनुमान गरिन्छ । एसियाले डेंगु संक्रमणको विश्व व्यापी बोझको करिब ७० प्रतिशत प्रतिनिधित्व गर्छ । डब्लुएचओ को अनुसार विश्वमा पछिल्लो ५० वर्षमा डेंगु को प्रकोप ३० गुणा बढेको छ ।

डेंगु को प्रसार कसरी हुन्छ ?

डेंगु भाइरस एक व्यक्ति वाट अर्को व्यक्तिमा फैलिँदैन । डेंगु भाइरसको प्रसार दुई प्रकारले हुन्छ । लामखुट्टे वाट मनुष्यमा प्रसार र मनुष्य वाट वाट लामखुट्टेमा प्रसार । मुख्य रूपले संक्रमित पोथी एडीज इजिप्टी लामखुट्टे ले टोक्दा यो मनुष्य मा फैलिन्छ । यस्तै कुनै डेंगु संक्रमित व्यक्तिमा रोगको लक्षण देखिन भन्दा २ दिन अघि सम्म र ज्वरो ठीक भएको २ दिन पछि सम्म मनुष्यबाट लामखुट्टेमा यो सङ्क्रमणको प्रसार हुन सक्छ ।

नेपालमा कुन डेंगु देखिएको छ ?

डेंगु भाइरस लाई डेन–१, डेन–२, डेन–३ डेन–४ गरी सामान्यतया ४ फरक सेरोटाइप मा वर्गीकृत गरिन्छ । फ्लेविविरिडे परिवारको एउटा भाइरसले गर्दा डेंगु हुन्छ । डेन–३ डेन–४ भाइरस को सबै भन्दा धेरै देखा पर्ने रूपहरू हुन । नेपालमा भने डेगु को चारै वटा सेरोटाइप देखि सकिएको छ ।

एकै पटक कुनै व्यक्तिमा फरक फरक सेरोटाइपको डेगु संक्रमण हुन सक्छ ?

एकै पटकमादुईवटा फरक फरक सेरोटाइपको डेंगु संक्रमण एक जना बिरामीमा देखिन सक्छ । गत वर्ष(सन२०२२) मुलुकमा एउटै बिरामी प्रयोगशाला प्रमाणित डेन–१ र डेन–३ सेरोटाइपले संक्रमित देखिएका थिए ।

गत वर्ष (सन २०२२) नेपालमा कुन सेरोटाइपको डेंगु देखियो ?

गत वर्ष मुलुकमा डेन–१ र डेन–२ सेरोटाइपको डेंगु संक्रमण देखिएको थियो । उसो नेपालमा हाल सम्म सवै प्रकारको सेरोटाइपको डेंगु संक्रमण देखि सकिएको छ ।

डेगुको विभिन्न प्रकार केके हुन ?
डेगुलाइ मुख्य रूपमा मध्यम, डेंगु ज्वरो, डेंगु हेमोरेजिक (रक्तश्राव गराउने) ज्वरो र डेंगु शक सिन्ड्र्रोम मा वर्गीकृत गरिएको छ । हल्का डेंगु ज्वरो , डेगुको सबै भन्दा सामान्य रूप हो । यो गैर घातक हुन्छ । यद्यपि डेंगु हेमोरेजिक ज्वरो र डेंगु शक सिन्ड्र्रोम का बिरामीमा रगतको कमी डिहाइड्रेसन (पानीको कमी) र रक्त चापमा उल्लेखनीय कम हुने गरेकोले उपचार नगर्दा घातक हुन्छ ।

के डेंगु घातक रोग हो ?

उपचार नगर्दा डेंगु एक घातक रोग हो । डेंगु वाट प्रभावित बिरामीको मृत्यु दर २० देखी ५० प्रतिशत को बीचमा हुन्छ ।यद्यपिउचित औषधि र हेरचाहको साथ बिरामीहरू ले रोग शुरु भएको दुई तीन सातामा निको हुन सक्छन् ।

५–१० वर्षमा डेंगु सामान्य हुन सक्ने

स्वास्थ्य सेवा विभागको महानिर्देशक डा.दिपेन्द्र रमण सिंह सबै व्यक्तिले आफ्नो घर र छेउछाउमा सातामा एक दिन डेगुको लार्भा खोजेर नष्ट गर्ने अभियानमा कम्तीमा आगामी चार महिना सम्म सरिक हुनु पर्ने बताउँछन् ।

खोज र नष्ट गर अभियान सँगै डेंगु समक्रमितलाई झुल भित्र सुताउने, लामखुट्टेको टोकाई वाट बाच्ने लगायतका अन्य बचाउको प्रकृया अपनाउँदा आगामी ५–१०व र्ष पछि डेंगु संक्रमणलाई सामान्य अवस्थामा राख्न सकिने डा. सिंह बताउँछन् ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

तपाईको प्रतिक्रिया दिनुहोस

error: Content is protected !!