विस्तारै हिड्ने हरूको दाँजोमा छिटो हिड्नेहरू लामो समय सम्म बाँच्छन्


हालै गरिएको एक अध्ययनले छिटो हिड्ने मानिसको आयु लामो हुने सम्भावना बढी रहेको देखाएको छ । जर्नल ‘कम्युनिकेसन बायोलोजी’ मा प्रकाशित यो अध्ययन बेलायतको लिसेस्टर विश्वविद्यालयको मधुमेह अनुसन्धान केन्द्रका अनुसन्धानकर्ताहरूले गरेका हुन् ।

अनुसन्धान अनुसार जो व्यक्ति छिटो हिँड्छन् , उसको क्रोमोजोमको छेउ लामो हुन्छ । क्रोमोजोमका यो टुक्राहरूले  बुढ्यौली हुने प्रक्रियामा महत्वपूर्ण भूमिका खेल्छ ।

जब कोशिकाको विभाजन हुन्छ, त्यतिखेर यो छेउ नै क्रोमोजोमको सुरक्षा गर्छन । यो जुत्ताको फित्ताको छेउमा प्लास्टिकको आवरण चढाइएको जस्तै हो । जसले डोरीको छेउलाई फुत्किन वाट रोक्छ । अध्ययन अन्तर्गत अनुसन्धानकर्ताहरूले चार लाख भन्दा बढी सहभागीहरूलाई उनीहरूको हिड्ने बानी व्यहोरा बारे अन्तर्वार्ता लिएका थिए ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!