राजविराज को गजेन्द्र नारायण सिंह अस्पताल डुबानमा


राजविराज — नेपाल कै पहिलो टाउन प्लानिङ्ग गरिएको शहर राजविराज स्थित गजेन्द्र नारायण अस्पताल पानीको निकास नहुदाँ डुबानमा परेको छ । अस्पतालको बहिरङ्ग विभाग (ओपिडी), औषधि पसल, एक्स-रे, आवास आदि डुबानमा परेको हो । अस्पताल परिसरमा पानीको वैज्ञानिक निकास बारे स्थायी व्यवस्था कायम हुनु पर्ने आवाज वर्षौ देखी स्थानीय वासीले उठाउँदै आएका छन् ।

सप्तरी जिल्ला को विभिन्न भाग सहिद सदरमुकाम राजविराजमा मंगल बार देखी अत्याधिक वर्षा जारी रहँदा विभिन्न भूभाग डुबाइमा परेको छ । वर्षाको पानीको उचित निकास नभएर ग्रामीण क्षेत्रका घरहरू समेत डुबाइमा परेका छन् ।

सप्तरी जिल्लामा पछिल्लो चौबीस घण्टामा २ सय मिलि मिटर सम्म वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । निरन्तर जारी वर्षाले गर्दा सप्तकोसी लगायत अन्य नदीहरूमा समेत बहाव उच्च भएको छ ।

अस्पतालको अवस्था


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!