ज्येष्ठ नागरिक को घरमै आँखा उपचार गर्ने नेत्र ज्योति संघ र ललितपुर महा नगर बीच सम्झौता


ललितपुर– नेपाल नेत्र ज्योति संघ र ललितपुर महा नगरपालिका बीच महानगरका सम्पूर्ण ज्येष्ठ नागरिक र अपाङ्गता भएका नागरिकहरूको निःशुल्क आँखा उपचार गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौता पत्रमा नेपाल नेत्र ज्योति संघका तर्फबाट महासचिव भरत बहादुर चन्द र कार्यकारी निर्देशक डा. शैलेश कुमार मिश्र र महा नगरपालिकाका तर्फबाट महानगर प्रमुख चिरी बाबु महर्जन र प्रमुख कार्यकारी अधिकृत गणेश अर्यालले हस्ताक्षर गरेका छन् ।

ललितपुर महा नगरपालिकाले विभिन्न संघ संस्थाहरूसँग को सहकार्यमा नगर भित्रका जेष्ठ र अपाङ्गता भएका नागरिकहरूको घर दैलो मै गएर विभिन्न समस्याहरूको परीक्षण गर्नेछ । महा नगरको उक्त कार्यक्रममा नेपाल नेत्र ज्योति संघले आँखा जाँच तथा उपचारमा महा नगरलाई प्राविधिक सहयोग गर्ने संघका कार्यकारी निर्देशक डा.मिश्रले बताए । महानगर प्रमुख महर्जनले नेत्र ज्योति संघ सँगको यो सहकार्य दीर्घ कालसम्म चली रहने बताए ।

नेपाल नेत्र ज्योति संघले हाल देश भरमा २७ वटा आँखा अस्पताल, १५४ आँखा उपचार केन्द्र र ४४ वटा जिल्ला शाखाहरू मार्फत नागरिकहरूलाई गुण स्तरीय आँखा उपचार सेवा प्रवाह गर्दै आइरहेको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!