नारायणी अस्पताल, वीरगन्जमा मिर्गौला प्रत्यारोपण शुरु गर्ने तयारी


वीरगञ्ज – मधेश प्रदेशको वीरगन्ज शहरमा नारायणी अस्पताल अङ्ग प्रत्यारोपण केन्द्र को रूपमा बिकसित गर्न उपयुक्त रहेको विज्ञहरूले बताएका छन् ।

सरकार ले सात वटै प्रदेशमा अङ्ग प्रत्यारोपण सेवा विस्तार को नीति लिदै आएको मा नारायणी उपयुक्त रहेको र यहाँ छिट्टै शुरु गर्न सकिने विज्ञ हरूको धारणा छ ।

‘हाम्रो अस्पताल मा मिर्गौला प्रत्यारोपण हुन सक्छ’, नारायणी अस्पताल का मेडिकल सुपरिटेन्डेन्ट डा. चित्तरञ्जन साह ले ‘नेपालहेल्थप्रेसडटकम‘ को आयोजना र शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र को सहकार्यमा भएको मस्तिष्क मृत्यु पछि हुने अंगदान र प्रत्यारोपण विषयक अन्तरक्रिया कार्यक्रम उक्त कुरा बताएका हुन ।

मुलुक को कुल जनसंख्या को करिव ४५ प्रतिशत जनसंख्या भएको मधेश प्रदेशमा अङ्ग प्रत्यारोपण को सुविधा नहुनु दुःखद रहेको जनाउँदै डा साह ले भने – ‘नारायणी मा मिर्गौला प्रत्यारोपण गर्न सकिने सबै तिर बाट मापदण्ड पुगेको छ, यहाँ शुरु गर्न सकिने अवस्था छ ।’

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र का निर्देशक एवं मिर्गौला र कलेजो प्रत्यारोपण शल्य चिकित्सक डा. पुकार चन्द्र श्रेष्ठ ले समेत सोमबार नारायणी अस्पताल भ्रमण गरेका औँल्याउँदै डा. साह ले भने – ‘ उहाले समेत यहा प्रत्यारोपण शुरु गर्न सकिने र यसको लागी केन्द्र ले नारायणी सँग सहकार्य गर्न सकिने बताएका छन ।’

हाल नारायणी अस्पताल मा डायलासिस गराउने , मिर्गौला रोगी मध्ये दिनहुँ ४-५ जनाले मिर्गौला प्रत्यारोपण भारत लगायत का कुन ठाउँमा गराउन सकिने भन्ने बारे जिज्ञासा राख्ने गरेको समेत उनले बताए । डा. साहले वीरगञ्ज मा प्रत्यारोपण शुरु गर्न आफू प्रयासरत रहेको बताए ।

मिर्गौला प्रत्यारोपण नारायणी अस्पताल मा शुरु हुनु पर्ने जनाउँदै वीरगञ्ज का मेयर राजेश मान सिंहले भने – ‘यसको लागी महानगर पालिका ले आर्थिक लगायत का अन्य सहयोग समेत प्रदान गर्ने छ ।’ उनले वीरगञ्ज वासी लाई समेत यसमा सहयोग प्रदान गर्न आग्रह गरे ।

शहीद धर्म भक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र का निर्देशक एवं मिर्गौला र कलेजो प्रत्यारोपण शल्य चिकित्सक डा. पुकार चन्द्र श्रेष्ठ ले नारायणी अस्पताल लाई अङ्ग प्रत्यारोपण क्षमता हासिल गर्न प्राविधिक लगायतको सहयोग, सहकार्य गर्न केन्द्र तयार रहेको बताए ।

डा श्रेष्ठ ले हाल प्रत्यारोपण केन्द्र को सहकार्य मा पोखरा, कर्णाली मा प्रत्यारोपण शुरु भई सकेको र हेटौँडा, धनगढी, कोशी प्रदेशमा प्रत्यारोपण शुरु गर्न सम्झौता भएको र मधेश सँग पनि छिट्टै सहमति हुने बताए । उपत्यका बाहिर पोखरामा हाल सम्म प्रत्यारोपण केन्द्रको सहकार्य मा ८ जना र कर्णाली मा १ जनाको को मिर्गौला प्रत्यारोपण भई सकेको छ ।

मुलुक मै पहिलो पटक कलेजो प्रत्यारोपण सँगै मस्तिष्क मृत्युबाट हुने मृगौला तथा कलेजो प्रत्यारोपणको समेत शुरु गरेका केन्द्र स्थापनाको एक दशक मै अंगदान र प्रत्यारोपण क्षेत्रमा महत्पूर्ण उपलब्धि हासिल गरेको छ ।

यहा ९९ प्रतिशत भन्दा वढी सफलताका साथ मिर्गौला प्रत्यारोपण भई रहेको छ भने हालसम्म केन्द्रमा १ हजार ७८ जनाको मिर्गौला प्रत्यारोपण समेत भई सकेको छ ।
कार्यक्रमको एक झलक

मिर्गौला तथा कलेजो प्रत्यारोपण शल्य चिकित्सक डा.पुकार चन्द श्रेष्ठको प्रस्तुती मनोयोगले सुन्दै वीरगञ्ज महा नगरपालिकाका मेयर राजेश मान सिंह लगायतका अन्य व्यक्तित्व

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.चितरञ्जन साह अस्पतालमा छिट्टै मिर्गौला प्रत्यारोपण शुरु हुन सक्ने बताउदै

वीरगञ्ज का मेयर राजेशमान सिंह नगरवासीको स्वास्थ्य आफ्नो पहिलो प्राथमिकता रहेको जनाउदै नारायणी अस्पतालमा मिर्गौला प्रत्यारोपण शुरु गर्न आर्थिक लगायतका जुन सुकै सहयोग गर्न तयार रहेको धारणा राख्दै


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!