मिर्गौला प्रत्यारोपण को विकल्प डायलासिस होइन / डायलासिस कै भर पर्नेमा मृत्युदर बढी


काठमाडौं – पछिल्लो समय डायलासिस निःशुल्क भए पछि यसलाई मिर्गौला प्रत्यारोपणको विकल्प को रूपमा समेत लिन थालिएको छ । अन्तिम चरणको मिर्गौला रोग अर्थात् किड्नी अपरिवर्तनीय रुपमा खराब भएको अवस्थामा बिरामी लाई जीवित राख्न डायलासिस वा मिर्गौला प्रत्यारोपण बाहेकको विकल्प हुदैन । यो अवस्था भएका व्यक्ति हरूमा मिर्गौला १० देखी १५ प्रतिशत कार्य क्षमता ले काम गरि रहेको हुन्छ ।

‘अन्तिम चरणको मिर्गौला रोग भएकाहरूको लागि प्रत्यारोपण डायलासिस भन्दा पाच गुणा राम्रो हुन्छ’, छिमेकी मुलुक भारतका इन्डियन सोसाइटी अफ नेफ्रोलोजी को अध्यक्ष एवं बरिष्ठ मिर्गौला रोग विशेषज्ञ प्रा.डा.सञ्जीव गुलाटी नेपालहेल्थप्रेससंग कुरा गर्दै भन्छन–‘ नियमित डायलासिस गराइ रहेका हरू को दाँजोमा प्रत्यारोपण गराउने हरू बढी बाच्ने गरेका छन् ।’

डा.गुलाटीको अनुसार नेपाल, भारत जस्तो मुलुकमा सय जनालाई अमेरिका जस्तो गुणस्तरको डायलासिस गरियो भने पनि हरेक वर्ष २० प्रतिशत अर्थात २० जना को मृत्यु हुन सक्छ र ५ वर्ष को अन्त तिर डायलासिस गराइ रहेका सय जना मध्ये २० जना मात्र जीवित रहन सक्ने सम्भावना हुन्छ । तर डायलासिस को दाँजोमा प्रत्यारोपण को परिणाम भने उल्टो रहेको छ । सय जनाको मिर्गौला प्रत्यारोपण गर्दा हरेक वर्ष ३–४ जना सम्म लाई समस्या आउने देखिएको छ र ५ वर्ष पछि समेत ८० जना स्वस्थ रहने देखिएको डा.गुलाटी बताउँछन ।

विज्ञहरूको अनुसार प्रत्यारोपण अधिकांश बिरामी को लागि त्यसमा पनि खास गरेर युवाहरूको लागि सबै भन्दा राम्रो विकल्प हो । बिरामी को उमेर धेरै बढी नहुदाँ, गम्भीर प्रकारको मुटु रोग नभएको अवस्था, मानसिक रोग लगायत अन्य कुनै गम्भीर बिमारी नरहेको अवस्थामा धेरै जसो बिरामीको लागि अन्तिम चरणको मिर्गौला फेल भएको अवस्थामा प्रत्यारोपण सबै भन्दा राम्रो विकल्प हो ।

डायलासिस मा निर्भर रहेको अधिकांश बिरामी त जागिर वा आफ्नो उद्यम नै गर्न नसक्ने जनाउँदै डा.गुलाटी भन्छन–‘यस्ता बिरामीहरू घर मै बसी रहन्छन् । डायलासिस गराउन स्वास्थ्य केन्द्र जानु र फर्केर आउनु नै उनीहरूको लागि ठूलो काम जस्तो हुन्छ । हामी कहाँ जस्तो डायलासिस हुन्छ, यसमा बिरामी बारम्बार अस्पतालमा भर्ना हुन्छन् , विभिन्न संक्रमण हुन्छ, निमोनिया हुन्छ र धेरै जसो बढी समय बाच्न पाउदैनन् । तर बिरामी प्रत्यारोपण गराएको दुई तीन महिना पछि आफ्नो काममा फर्कन सक्छन् । डा.गुलाटी स्पष्ट रुपमा भन्छन–‘डायलसिस वा प्रत्यारोपण ? कुनै दुबिधा नै छैन प्रत्यारोपण नै रोज्नुपर्छ ।’

यसैले होला शहीद धर्म भक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र का निर्देशक एवं मिर्गौला तथा कलेजो प्रत्यारोपण शल्य चिकित्सक डा.पुरकार चन्द्र श्रेष्ठ समेत मिर्गौला फेल भए पछि प्रत्यारोपण को विकल्प नरहेको बताउँछन् । डायलासिस तत्कालको लागि हल भए पनि यसमा अत्याधिक खर्च, विभिन्न संक्रमणको आशंका, मेसिन सँग लामो समय जोडिएर बस्नु पर्ने बाध्यता, आयुमा समेत कमी, उत्पादनशील, सक्षम नागरिक भएर जीवन यापन गर्न नसक्ने बाध्यता लगायतका समस्या हरू देखिने गरिएको डा.पुकार बताउँछन् । उनको अनुसार मिर्गौला प्रत्यारोपण गराएको तिन महिना बिरामी लाई संक्रमणको जोखिम भए पनि यस पछि उनीहरू सामान्य जीवन व्यतीत गर्न सकछन ।

डायलासिस भन्दा प्रत्यारोपण ने सर्वोत्तम हुने जनाउँदै शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र का नेफ्रोलोजिष्ट तथा मिर्गौला प्रत्यारोपण फिजिसियन डा.सुमित आचार्य भन्छन–‘भगवानले बनाएको मिर्गौलाको काम त्यसै अनुसारको उत्कृष्टता मा जान्छ, जुन डायलासिस मेसिनले ले त्यतिकै परफेक्सन अनुसार गर्न सक्दैन ।’

डायलासिसमा मुख्य रूपले रगत शुद्धिकरण हुने गर्छ । तर कतिपय तत्व मिर्गौला वाट राम्ररी छानिएर निस्किदैन । यसको ठीक विपरीत मिर्गौलाले सबै कुरा राम्ररी छान्नुको साथै शरीरलाई चाहिने कुरा राख्छ नचाहिने फ्याँक्ने गरेको औँल्याउदै डा.आचार्य भन्छन–‘डायलासिस कहिले पनि मिर्गौलाको विकल्प हुन सक्दैन ।’

विज्ञहरूको अनुसार भिटामिन डी सक्रिय गर्ने इन्जाइम मिर्गौला स्वचालित रूपले बनाउ छ । मिर्गौला को प्रतिक्रिया संयन्त्र हुन्छ, यदि शरीरमा पानी को कमी भयो भने त्यसै अनुसार मिर्गौला ले बढी पानी शरीर बाहिर पठाउँदैन । यति मात्र नभइ शरीरको आवश्यकता अनुसार सोडियम, पोटासियमको सन्तुलन मिर्गौला ले गर्ने जनाउदै डा.आचार्य भन्छन् फस्फोरस र क्याल्सियमको मात्रा समेत शरीरको अनुसार मिर्गौला ले नै सन्तुलन मा राख्ने हो । यस्तै एसिड, बेस सन्तुलन, रक्तचापलाई सन्तुलन आदि राख्न समेत मिर्गौलाले महत्वपूर्ण भूमिका खेल्ने भएकोले डायलासिस भन्दा प्रत्यारोपण राम्रो मानिएको हो ।

किन डायलासिस भन्दा प्रत्यारोपण राम्रो

  • हरेक साता ३ पटक डायलासिस गराउन स्वास्थ्य केन्द्र जानु नपर्ने
  • मिर्गौलाको कार्यक्षमता डायलासिस को प्रक्रिया भन्दा राम्रो हुने
  • डाइलासिस गराइरहेकाहरुमा आहार सम्बन्धी प्रतिवन्ध बढी हुने
  • प्रत्यारोपण पछि आहार सम्वनिध प्रतिवन्ध कम हुने
  • प्रत्यारोपण पछि मिर्गौला को कार्य क्षमता स्थिर भए पछि खर्च कम हुने
  • डायलासिस निरन्तर जारी रहने भएकोले समय र आर्थिक खर्च बढी हुने

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!