राष्ट्रपति पौडेल को मुटु को चाल नियन्त्रित गर्न पेसमेकर लगाइयो


काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेलको अनियमित मुटुको चाल लाई नियन्त्रित गर्न छातीमा स्थायी पेस मेकर राखिएको छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत ७९ वर्षीय राष्ट्रपति पौडेलको मंगलबार दिउसो छातीको शल्यक्रिया गरेर पेश मेकर राखिएको हो ।

सेन्टरले विज्ञप्‍ति जारी गर्दै ७२ घण्टाको नियमित निगरानी पछि मुटुको चाल बेला बखतमा कम देखिएकाले विशेषज्ञहरूको सल्लाह अनुसार शल्यक्रिया गरी पेसमेकर राखिएको जनाएको छ । राष्ट्रपतिमा लगाइएको पेसमेकरले मुटुको चाल कम हुन लाग्दा विद्युतीय झड्का दिएर पुनः सामान्य बनाउने गर्छ ।

गत शनिबार राति स्वास्थ्य अवस्था असामान्य बनेपछि राष्ट्रपति पौडेललाई अस्पताल पुर्‍याइए पछि निरन्तर चिकित्सकहरूको निगरानीमा अस्पतालको सीसीयूमा राखेर उपचार भइरहेको छ ।

यस अघि गत मंगलबार राष्ट्रपति लाई सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीमा एन्जियोप्लाष्टी गरेर मुटु को नशा खुलाउन स्टेन्ट हालिएको थियो । राष्ट्रपतिलाई पछिल्लो अढाई महिनामै पाच पटक अस्पताल भर्ना गरिएको हो । पेटको अल्सर, ढाड दुख्ने र छाती सम्बन्धी संक्रमण पछि राष्ट्रपति पौडेललाई मुटुको समस्या देखिएको हो ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!