मृत्यु पछि अरूलाई जीवन दिई रहेका पाँच जना नेपाली / मस्तिष्क मृत्यु वरण गरेका एक व्यक्तिले थुप्रेँ लाई जीवन दान दिन सक्छन्

‘मानव अङ्ग को आवश्यकता स्वर्ग हैन पृथ्वीमा छ, यसैले यस लाई जलाउनु वा माटोमा मिलाउनु को सट्टा दान गरौं र जीवन पछि समेत जीवन बाँडौं’, डा.पुकार चन्द्र श्रेष्ठ


काठमाडौं –मृत्यु शाश्वत हो, सत्य हो, एक व्यक्ति को जीवनको अन्त हो । यस पछि त्यो व्यक्तिको भौतिक अस्तित्व रहँदैन । तर मुलुकमा मृत्यु वरण गरेका ५ जना व्यक्ति १३ जनाको शरीरमा कुनै न कुनै रूपमा जीवित नै छन् । अर्थात् उनीहरूको अङ्ग हाल १३ व्यक्ति को शरीरमा काम गरिरहेको छ ।

मस्तिष्क मृत्यु ले कानुनी मान्यता पाए पछि नेपालमा हाल सम्म ब्रेन डेथ भएका ५ जना दाता वाट १० जनालाई मिर्गौला र ३ जना लाई कलेजो प्रत्यारोपण गरी १३ जनाको ज्यान जोगाइएको छ ।

नेपालका स्वास्थ्य निकाय हरूले अङ्ग प्रत्यारोपण लगायतका उच्च क्षमता हासिल गरे पछि पछिल्लो समय अङ्ग दान को अत्यन्त बढी आवश्यकता छ । अङ्ग को उच्च माग र यसको खराब आपूर्ति को बीचको असमानता नै हालको मुख्य मुद्दा र सामाजिक समस्या हो ।

अझ आइसीयु सहितका स्वास्थ्य निकायमा उचित व्यवस्थापनको कमी र बिरामीको आफन्तमा जागरूकताको अभावले मस्तिष्क मृत्यु भएकाहरूको अङ्ग खरानी हुने वा माटो मा मिल्ने प्रकृया अनवरत रूपमा जारी छ । यसले गर्दा मुलुकमा अङ्ग को अभाव मा वर्षेनी थुप्रै व्यक्तिले ज्यान गुमाउनु पर्ने अवस्था देखि राखिएको छ ।

शहीद धर्म भक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र , भक्तपुर का निर्देशक एवं कलेजो तथा मिर्गौला प्रत्यारोपण शल्य चिकित्सक डा.पुकार चन्द्र श्रेष्ठको अनुसार नेपालमा वर्षेनी सडक दुर्घटनामा २ हजार देखी २ हजार ५ सय व्यक्ति सम्म को मृत्यु हुने गरेको छ । यस मध्ये झण्डै १ हजार २ सय जति को मृत्यु ब्रेन डेथ ले हुने गरेको आकलन छ ।

यस्ता मस्तिष्क मृत्यु भएका हरूको काम गरिरहेका अङ्ग लाई अरूको ज्यान जोगाउन दानको रूपमा उपयोग गरिए हरेक एक जनाले ८ जना भन्दा बढीको ज्यान जोगाउन सक्ने समेत डा.पुकार बताउँछन् । यदि मस्तिष्क मृत्यु भएका हरूको परिवार जागरूक भइ हालोस् र अङ्ग दान गर्न संकोच नगरोस् भने थुप्रै व्यक्ति लाई नयाँ जीवन प्राप्त हुन्छ ।

मात्र काठमाडौं मा सडक दुर्घटना हरूमा करिब एक हजार जनाको मस्तिष्क मृत्यु हुन्छ । जसबाट अङ्ग दानको रुपमा प्राप्त भए हजार भन्दा बढीको ज्यान जोगाउन सकिने राष्ट्रिय प्रत्यारोपण केन्द्र, नेफ्रोलोजी विभागका प्रमुख डा. कल्पना श्रेष्ठ बताउँछिन् । अझ उनी मुलुकमा हुने सबै मस्तिष्क मृत्यु मध्ये मात्र १० प्रतिशत को अङ्ग प्राप्त गर्न सक्दा वर्षेनी तिन सय भन्दा बढी मृत्यु को नजिक पुगेका बिरामीको ज्यान जोगाउन सकिने दाबी गर्छिन् ।

यो बाहेक यो अङ्ग तस्करी र नेपालको अङ्ग दान र प्रत्यारोपण को क्षेत्रमा देखिएको लैंगिक पक्षपात कम गर्न समेत सघाउँछ । हाल मुलुकमा ८० प्रतिशत मिर्गौला दाता महिला छन् ।

सरकार ले मस्तिष्क मृत्यु भएकाहरूले अङ्ग दान गर्ने सम्बन्धी कानुन २०७२ साल मा ल्याए पनि पछिल्लो ८ वर्ष मा मात्र ५ जना को अङ्ग दान गरिएको हो ।

एकातर्फ मस्तिष्क मृत्यु पछि अङ्ग दान गर्नेको अत्यन्त न्यून संख्या को बीच हाल सम्म सम्म मस्तिष्क मृत्यु भएका हरू वाट दान को रूपमा प्राप्त हुने मिर्गौला प्रत्यारोपणको लागि ८ सय भन्दा बढी ले नाम लेखाएका छन् ।

मस्तिष्क मृत्यु घरमा हुदैन । यो आइसीयु सुविधा भएको अस्पताल मा नै हुन्छ । यस्ता मृत्यु वरण गरेका व्यक्तिको नष्ट हुने अङ्ग लाई दान गरेर मृत्यु पर्खी रहेका थुप्रै जीवन जोगाउन सकिन्छ ।

अमेरिकन एकेडेमी अफ न्युरोलजी को अनुसार ब्रेन डेथ, ब्रेन स्टेम सहित मस्तिष्कको क्लिनिकल कार्य को अपरिवर्तनीय क्षति हो र यो मृत्यु को कानुनी घोषणा समेत हो ।

‘मिर्गौला, कलेजो, मुटु, फोक्सो, पाचक ग्रन्थी आदि लाई प्रत्यारोपण हुँदा सम्म रक्त सञ्चार को आवश्यकता हुन्छ, जो सम्भवतः बिरामीको मस्तिष्क मृत्यु भएको स्थिति र भेन्टिलेटरमा रहेको अवस्था मै सम्भव हुन्छ’, त्रिवि शिक्षण अस्पताल, आइसीयु विभाग प्रमुख प्रा.डा.सुवास आचार्य का अनुसार मुटु को चाल बन्द भएर मृत्यु भएका बिरामी हरूमा धड्कन बन्द भए सँगै उनीहरूको शरीरमा भएको अङ्ग हरू अक्सिजन र रगतको सञ्चार समाप्त हुँदा नष्ट हुन थाल्ने भएकोले मस्तिष्क मृत्यु भएका बिरामी को अङ्ग नै प्रत्यारोपण गर्न सकिन्छ ।

चिकित्सकहरूको अनुसार अङ्ग दान गर्दा शरीर विक्रीत देखिन सक्ने चिन्ता समेत दाता परिवार लाई सताउने गरेको देखिएको छ । तर डा.पुकार को अनुसार प्रशिक्षित शल्य चिकित्सकले अत्यन्त सावधानी र सचेतता ले मस्तिष्क मृत्यु भएको शरीर वाट अङ्ग निकाल्दा माथि वाट शरीर पूर्ण सामान्य देखिन्छ ।

अमेरिका , युरोप मा ७० – ८० प्रतिशत अङ्ग मस्तिष्क मृत्यु वाट प्राप्त गरेर प्रत्यारोपण गरिन्छ’, चिकित्सा विज्ञान राष्ट्र्रिय प्रतिष्ठान, वीर अस्पताल , स्नायु शल्य क्रिया विभाग का प्रमुख डा.राजिव झा भन्छन–‘ नेपाल मा मस्तिष्क मृत्यु भएका वाट मिर्गौला दानमा पाउने आशा मा ४ वर्ष देखी पर्खाइमा रहेकाहरु छन् , हामी कहाँ भने मस्तिष्क मृत्यु वाट हुने अङ्ग प्रत्यारोपण को दर ०.०१ प्रतिशत पनि छैन ।’

मस्तिष्क मृत्यु बारे चिकित्सा समुदायका हरूमा समेत ज्ञानको कमी देखिएको औँल्याउँदै डा.झा मस्तिष्क मृत्यु भएकाहरूको अङ्ग सदुपयोग गर्दा जीवित दाता वाट अङ्ग लिदा उसमा देखिन सक्ने जटिलताको जोखिम समेत कम हुने बताउँछन् ।

‘मानव अङ्ग को आवश्यकता स्वर्ग हैन पृथ्वीमा छ, यसैले यस लाई जलाउनु वा माटोमा मिलाउनु को सट्टा दान गरौं र जीवन पछि समेत जीवन बाँडौं’, डा.पुकार भन्छन् ।

मस्तिष्क मृत्यु पछि दान गर्न सकिने अङ्ग र तन्तु हरू

मिर्गौला दुई , कलेजो एक , मुटु एक , फोक्सो दुई , सानो आन्द्रा एक , पाचक ग्रन्थि ( प्यांक्रियाज ) एक, स्वर यन्त्र एक, हात दुई , आँखा दुई , हात खुट्टा को औंला २० , छाला थुप्रै , हाड थुप्रै , कार्टिलेज ( कुरकुरे हाड ) थुप्रै , टेन्डेन स्नायु थुप्रै , नशा असंख्य र थुप्रै धमनी हरू ।

कुन उमेर सम्म अङ्ग दान

  • मिर्गौला, जन्म देखी ७० वर्ष सम्म
  • फोक्सो, जन्म देखी ६० वर्ष सम्म
  • कलेजो, जन्म देखी ७० वर्ष सम्म
  • मुटु को भल्भ जन्म देखी ६० वर्ष सम्म
  • स्वास नली, १५ देखी ६० वर्ष सम्म
  • आँखा जन्म देखी सय वर्ष सम्म
  • छाला, १६ देखी ८५ वर्ष सम्म

अङ्ग झिकेको कति समय भित्र प्रत्यारोपण आवश्यक

  • मिर्गौला २४ देखी ४८ घण्टा
  • कलेजो १२ देखी २४ घण्टा
  • फोक्सो ४ देखी ६ घण्टा
  • मुटु ४ देखी ६ घण्टा

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!