क्यान्सरको औषधि ट्रैस्टुजुमाब को मुल्य भारु ५४ हजारबाट घटेर १५,७४९


नयाँ दिल्ली – ग्लेनमार्क फर्मास्युटिकल लिमिटेडले बिहीवार स्तन क्यान्सरको औषधि ट्रैस्टुजुमाब ट्रास्टुजुमाब (ब्रान्ड ट्र्रूमैब) को मूल्य भारतीय रुपियाँ ५४ हजार बाट घटाएर प्रति ४४० ग्राम भारु १५,७४९ रुपैयाँमा झारेको जनाएको छ ।

ट्रैस्टुजुमाब को उपयोग एक निश्चित प्रकारको स्तन क्यान्सर (एचइआर–२ पोजेटिव) को उपचार गर्न प्रयोग गरिन्छ । यो औषधि ट्रुमैब नामबाट भारतमा उपलब्ध गराइँदैछ ।

ग्लेनमार्कको विज्ञप्ति अनुसार ट्रैस्टुजुमाब को मूल्य घटेपछि अब यसको प्रति मिलि ग्रामको मूल्य भारतीय रुपियाँ ३५ लाग्ने छ । मूल्य कटौती ले भारत मा एचइआर २– पोजेटिभ स्तन क्यान्सर को रोगी लाई राहत मिल्ने छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!