दादुराले १ मृत्यु, १००३ शंकास्पद बिरामी, काठमाडौं सहित १६ जिल्ला प्रभावित


काठमाडौं – सरकार को अनुसार मुलुकमा आर्थिक वर्ष २०७९–८० मा हाल सम्म दादुरा ले १ जनाको मृत्यु हुनु को साथै १ हजार ३ जना शंकास्पद बिरामी देखा परेका छन भने यो संक्रमण १६ जिल्लामा फैलिएको छ ।

काठमाडौं , मोरङ , सुनसरी , धनुषा , महोत्तरी , सर्लाही , चितवन , कपिलवस्तु , अर्घाखाँची , दाङ , बाँके , बर्दिया , सुर्खेत , कैलाली , कञ्चनपुर र बाजुरा मा दादुराको प्रकोप देखिएको हो । नेपालगन्ज वाट शुरु भएको दादुरा को प्रकोप विस्तारै पूर्वी नेपाल तिर फैलि रहेको छ भने हाल यो राजधानी लाई समेत प्रभावित गरेको हो । दादुरा वाट भएको एक जनाको मृत्यु समेत नेपालगन्ज – बाँके मा भएको हो ।

स्वास्थ्य मन्त्रालय द्वारा जारी दादुरा प्रकोप को वस्तु स्थिति अनुसार काठमाडौं को गोकर्णेश्वर नगरपालिका मा हाल सम्म ४ बिरामीमा दादुरा पुष्टि भएको छ । सबै दादुरा पुष्टि भएका बिरामी हरू गोकर्णेश्वर नगरपालिका –९ स्थित जोयो कदम्पा विद्यालयका हुन ।

५ सय ६० जना रहेको उक्त विद्यालयमा ६२ जनामा उस्तै प्रकारको दादुराको लक्षण समेत देखिएको हो । शंकास्पद बिरामीहरूको उमेर ८ वर्ष देखी ३८ वर्ष सम्म रहेको छ । हाल सम्म गोकर्णेश्वर मा ९ जना दादुरा को बिरामी अस्पताल भर्ना भएको मा सबै जना डिस चार्ज समेत भएका छन् ।

स्वास्थ्य मन्त्रालयको अनुसार गोकर्णेश्वर मा दादुरा देखिए पछि काठमाडौं का सबै स्वास्थ्य संस्था , निजी अस्पतालमा सक्रिय केश खोजी कार्य जारी राखिएको छ । यस्तै सबै स्वास्थ्य संस्था , निजी अस्पताल लाई दादुरा को शंकास्पद केसहरू नगरपालिका र स्वास्थ्य सेवा विभागमा तुरुन्त रिपोर्ट गर्न समेत भनिएको छ । उक्त पालिका मा हाल १५ वर्ष मुनीको बिरामीबाहेकका बालबालिका लाई दादुरा विरुद्ध को खोप दिने तयारी भइ रहेको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!