भक्तपुरमा ११ औं कलेजो प्रत्यारोपण गरिएका बाबुराम डिस्चार्ज


भक्तपुर – शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा ११ औं कलेजो प्रत्यारोपण गरिएका बाबुराम विश्वकर्मा डिस्चार्ज भएका छन् । प्रत्यारोपण केन्द्र मा हाल सम्म ८ जनामा जीवित दाता वाट र ३ जना मा मस्तिष्क मृत्यु वाट प्राप्त कलेजो प्रत्यारोपण गरिएको छ ।

दाङ जिला का ४२ वर्षीय बाबुराम लाई उनकी श्रीमती ३७ वर्षीया आशा सुनारले आधा कलेजो दान गरेकी थिइन । कलेजो दाता आशा आशा गत बिहीवार नै डिस्चार्ज भएकी थिइन । कलेजो प्रत्यारोपित तथा अंगदाताको स्वास्थ्य अवस्था राम्रो रहेको कलेजो तथा मिर्गौला प्रत्यारोपण शल्यचिकित्सक एवं केन्द्र का निर्देशक डा. पुकार चन्द्र श्रेष्ठले बताए ।

कलेजो ग्रहण कर्ता बाबुराम र दाता आशाले केन्द्रको सेवा बाट आफू अत्यन्त खुशी भएको बताए । अस्पताल वाट डिस्चार्ज हुँदै गर्दा उनीहरूले भने–‘ मुलुक मै यति राम्रो काम हुनु गौरवको विषय हो ।’ आशाले आफू पूर्ण स्वस्थ भए पछि सम्पूर्ण अंगहरू मृत्यु पश्चात दान दिने इच्छा समेत व्यक्त गरिन ।

मुलुक मै पहिलो पटक कलेजो प्रत्यारोपण सँगै मस्तिष्क मृत्युबाट हुने मृगौला तथा कलेजो प्रत्यारोपणको समेत शुरु गरेका केन्द्र स्थापनाको एक दशक मै अंगदान र प्रत्यारोपण क्षेत्रमा महत् पूर्ण उपलब्धि हासिल गरेको छ । यहा ९९ प्रतिशत भन्दा वढी सफलताका साथ मिर्गौला प्रत्यारोपण भई रहेको छ भने हालसम्म केन्द्रमा १हजार ७० जनाको मिर्गौला प्रत्यारोपण समेत भई सकेको छ ।

आफ्नो भवन आवश्यक

सरकार को स्वास्थ्य मन्त्रालय अन्तर्गतको प्रत्यारोपण केन्द्रको आफ्नो भवन नहुदाँ अंग फेल भएका धेरै बिरामीहरूलाई प्रत्यारोपण सेवाको पहुँच दिन सकिएको छैन । सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यमा केन्द्रको क्षमता विस्तार गर्नका साथै मिर्गौला प्रत्यारोपण सेवा सबै संघीय अस्पतालबाट व्यवस्था गर्ने घोषणा गरेको हुँदा केन्द्रले आगामी वर्ष आफ्नो सेवामा व्यापक वृद्धि गर्ने आशा राखेको डा.श्रेष्ठले बताए ।

पोखरा का दुवै मिर्गौला प्रत्यारोपित घर फर्किए

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र को सहयोगमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मिर्गौला प्रत्यारोपण गरिएका दुई जना शुक्रवार सकुशल डिस्चार्ज भएका छन् । अस्पताल भर्ना भएको छैठो दिन उनीहरू डिस्चार्ज भएका हुन ।

राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरको प्राविधिक सहयोगमा पोखरामा हाल सम्म आठ जनाको मिर्गौला प्रत्यारोपण गरिएको छ । गत आइतबार पहिलो मिर्गौला प्रत्यारोपण गरिएको तनहुँ दमौलीका २५ वर्षीया पुनम थापा मगर लाई उनका ४९ वर्षीय बुवा राजु थापा मगरले मिर्गौला दान गरेका थिए भने पर्वत मोदी –४ का २७ वर्षीय गम बहादुर मगरको पनि आइतबार नै मिर्गौला प्रत्यारोपण गरिएको थियो । उनलाई उनका ५२ वर्षीय बुवा हेमन्त पुनले मिर्गौला दान गरेका थिए ।

सरकारको स्वास्थ्य मन्त्रालय अन्तर्गतको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले देश भरी डाइलाइसिस विस्तार गर्न सघाउनुका साथै सबै प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्ने तयारी गरेको जनाएको छ । गण्डकी प्रदेशको साथै कर्णाली प्रदेश अन्तर्गत सुर्खेत प्रादेशिक अस्पतालमा प्रत्यारोपण सेवा सुरु भै सकेको छ । क्रमश सेती प्रादेशिक अस्पताल, धनगढी, बागमती प्रदेशको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको हेटौँडा अस्पताल र कोशी प्रदेशको कोशी अस्पताल विराटनगर हुँदै देशको सातै प्रदेशमा प्रत्यारोपण कार्यको तयारी भै रहेको केन्द्रले जनाएको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!