गर्मी याममा देखिन स्वास्थ्य समस्या को लागि अस्पतालहरू लाई औषधि, उपकरण र चिकित्सकको व्यवस्था गर्न निर्देशन


काठमाडौं – स्वास्थ्य मन्त्रालयले गर्मी याममा सर्प दंश, आगलागी, झाडा पखाला, डेंगु लगायतका विपद् जस्तो समस्या आइ पर्दा तत्कालै बिरामीलाई उपचार सेवा पुर्याउन सक्ने गरि आवश्यक औषधि, उपकरण र चिकित्सकको व्यवस्था गर्न समेत सबै अस्पतालहरूलाई  निर्देशन दिएको छ ।

गर्मीको बेला विभिन्न सरुवा रोगको प्रकोप फैलन सक्ने सम्भावनालाई ध्यानमा राखेर रोग लागेपछि उपचार गर्नु भन्दा रोग लाग्नै नदिने उपाय स्वरूप स्थानीय स्तरका रेडियो, एफएम र पत्रपत्रिका मार्फत जनचेतनामूलक सूचना सम्प्रेषण गर्न समेत स्वास्थ्य मन्त्रालयले अस्पतालहरूलाई शुक्रवार शुक्रबार विज्ञप्ति जारी गर्दै आग्रह गरेको हो ।

हरेक अस्पतालले उपचारका लागि विशेषज्ञ चिकित्सक सहितको प्रभावकारी उपचार सेवा प्रदान गरि आम नागरिकको जीवन रक्षामा चौबीसै घण्टा स्वास्थ्य कर्मी परिचालन गर्ने व्यवस्था मिलाउन समेत स्वास्थ्य मन्त्रालयले मातहतका संघीय, प्रादेशिक र स्थानीय अस्पतालहरूलाई निर्देशन दिएको छ ।

पिउने पानी र सरसफाइमा ध्यान दिनु पर्ने
स्वास्थ्य मन्त्रालयले स्वच्छ पिउने पानी र सरसफाइ लाई थप व्यवस्थित गर्न देशभरिका अस्पतालहरूलाई निर्देशन दिएको छ । स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेत सहित मन्त्रालयका अधिकारीले विभिन्न सरकारी र निजी अस्पतालहरूमा गरेको निरीक्षणका क्रममा ती अस्पतालहरूमा स्वच्छ खानेपानी र सरसफाइको उचित व्यवस्थापन नभएको पाइएको जनाएको छ ।

शल्यक्रिया पछि बिरामी राख्ने वार्डको उचित तापक्रम व्यवस्थापन आवश्यक  
स्वास्थ्य मन्त्री बस्नेतले उपत्यकाका वीर, शहीद गंगालाल, मेडिकेयर र उपत्यका बाहिर हेटौंडा अस्पताल सहित अस्पतालको अनुगमन गरेका थिए । यसका साथै अस्पतालहरूमा शल्यक्रिया पश्चात् बिरामी राख्ने वार्डहरूमा उचित तापक्रमको व्यवस्थापनमा पनि हरेक अस्पतालले ध्यान दिनु पर्ने मन्त्रालयले अस्पतालहरूलाई स्मरण गराएको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!