१६,००० भन्दा बढी मुटुको शल्यक्रिया गरेका ४१ वर्षीय नाम चलेका मुटु रोग विशेषज्ञ गौरव गान्धीको कार्डियाक अरेस्ट ले मृत्यु । हृदयघात र कार्डियाक अरेस्ट बीच को फरक थाहा छ ?


नयाँ दिल्ली – भारत, गुजरात को नाम चलेका मुटु रोग शल्य चिकित्सक डा गौरव गान्धीको निधन भएको छ । ४१ वर्षीय डा.गौरवको गत मंगलबार भएको आकस्मिक मृत्युले सबैलाई चकित बनाएको छ ।

अचम्मको कुरा के छ भने उनको मृत्युको कारण कार्डियाक अरेस्ट ( एक्कासि मुटु ले काम गर्न छोडनु) भनिएको छ । डा. गान्धी स्वस्थ थिए र उनको मृत्युले चिकित्सा जगत स्तब्ध भएको छ ।परिवारको अनुसार उनी पुरै ठीक थिए र एक दिन अघि सोमबार राती सम्म डा. गान्धीले बिरामीको उपचार गरेका थिए ।

रिपोर्टका अनुसार डा. गान्धीले आफ्नो मेडिकल करियरमा १६,००० भन्दा बढी मुटुको शल्यक्रिया गरेका थिए। मृत्युको कारणले सबैलाई अचम्मित बनाएको छ किनभने पछिल्लो समय हृदयघातका (हर्ट एटेक) कारण मृत्यु हुने यस्ता धेरै घटना भएका छन् । उसो, धेरै व्यक्तिलाई लाई थाहा छैन हृदयघात र कार्डियाक अरेस्टमा के फरक छ?

कार्डियाक अरेस्ट र हृदयघात बीचको भिन्नता

हर्ट फेल हुने प्रारम्भिक लक्षण मा सास लिनमा समस्या , थकाइ खुट्टा सुन्निनु आदि सामिल छ । एन्जाइना वा हृदयघातको अवस्थामा, बिरामीले छातीमा कडा दुखाइ अनुभव गर्दछ । हिँड्दा सास फेर्न गाह्रो हुनु र आराम गर्दा राहत हुनु पनि एनजाइनाको लक्षण हो । कार्डियाक अरेस्ट र हृदयघातमा धेरै फरक छ । मुटुमा रगत नपुगे पछि हृदयघात हुन्छ तर कार्डियाक अरेस्टमा मुटुले एक्कासि काम गर्न छोड्छ । वास्तवमा जब धमनीमा रगतको प्रवाह रोकिन्छ वा बन्द हुन्छ, तब अक्सिजनको कमीले मुटुको भाग मर्न थाल्छ । अर्कोतर्फ, कार्डियाक अरेस्टमा, मुटुको अचानक धड्कन बन्द हुन्छ। जसका कारण जे पनि हुन सक्छ ।

हर्ट फेल के हो ?

जब धमनीहरूमा अवरोध हुन्छ र हृदयको मांसपेशीहरूमा आपूर्ति कम हुन्छ, तब यो पूर्ण अवरोधलाई हृदयघात भनिन्छ। हामीलाई थाहा छ, धमनीहरूले रगत आपूर्ति गर्छ, मुटुका मांसपेशीहरू पम्प गरि रहन्छन् र विद्युतीय सर्किटहरूले मुटु धड्किन्छ । जब यी मांसपेशीहरू ठीकसँग काम गर्दैनन्, रगत अगाडि बढ्नु को सट्टा कतै फस्छ । यस्तो हुँदा सास फुल्छ, थकान महसुस हुन्छ र काम गर्न असम्भव हुन्छ। यसलाई हर्ट फेल हुनु भनिन्छ । मुटुको करेन्ट राम्ररी काम गरिरहेको छैन भने त्यसलाई पैलपिटेसन ( असामान्य धडकन ) मानिन्छ। यदि यो करेन्ट एक्कासि बढ्यो भने मुटु एकदमै छिटो धड्कन थाल्छ, बिरामी ढल्न सक्छ, यसलाई सडन कार्डियाक अरेस्ट अर्थात् एक्कासि मुटु ले काम गर्न छोइनु भनिन्छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!