स्वास्थ्य मन्त्री द्वारा उपत्यका बाहिर हेटौडा अस्पताल र मेडिकल स्टोर पथलैयाको आकस्मिक निरिक्षण

राम्रो काम गर्ने स्वास्थ्य कर्मी लाई प्रोत्साहन र काम नगर्नेलाई कारवाही गर्ने स्वास्थ्यमन्त्री को चेतावनी


हेटौडा – स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतले बिहीबार हेटौडा अस्पताल र बाराको पथलैया मा रहेको मेडिकल स्टोरको आकस्मिक निरिक्षण गरेका छन् ।

स्वास्थ्य मन्त्री बस्नेतले उपत्यका बाहिरका सरकारी र निजी अस्पतालहरुले प्रदान गरिरहेको उपचार सेवाका विषयमा जानकारी लिन र सेवा सुधार्ने उद्देश्य अनुसार आकस्मिक निरिक्षणमा निस्केका बताएका छन ।

हेटौडा अस्पतालमा उपचाररत बिरामीहरुसँग पनि स्वास्थ्य मन्त्रीले सेवा सुविधा लगायत का बारे कुराकानी गरेका थिए । निरिक्षण पछि मन्त्री बस्नेतले देश भरिका अस्पतालहरु ले १० प्रतिसत शैया विपन्नका लागि छुट्याएर नि शुल्क उपचार गर्नु पर्नेमा जोड दिए ।

मुलुकका अधिकांश सरकारी अस्पतालहरुले उपकरण किनेर प्रयोगमा नल्याउने र थन्क्याएर राख्ने प्रवृतिलाई निरुत्साहित गर्न स्वास्थ्य मन्त्रालय सँग समन्वय नगरि नयाँ उपकरण खरिद नगर्न आफूले निर्देशन दिएको समेत मन्त्री बस्नेतले जानकारी दिए ।

उनले आवश्यकता र औचित्यताका आधारमा मात्र उपकरण किन्नु पर्ने बताए । जनताले गुणस्तरीय उपचार पाउनु पर्ने बाहेक आफ्नो कुनै स्वार्थ नभएको बताउदै मन्त्री बस्नेतले राम्रो काम गर्ने स्वास्थ्यकर्मीलाई प्रोत्साहन र काम नगर्नेलाई कारवाही गर्न आफु पछि नपर्ने दावी समेत गरे ।

त्यसैगरि स्वास्थ्य मन्त्री बस्नेतले पथलैया स्थित औषधि स्टोरको समेत निरिक्षण गरेर त्यहाँ रहेको औषधि र भण्डारणका बिषयमा जानकारी लिएका थिए।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!