मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान का उपकुलपति प्रा.डा.रामकेवल साहको निधन

उनी सदैव मधेश र मधेशी को उत्थानको लागि क्रियाशील रहे । सरस्वती हाई स्कुल वाट एसएलसी गरे र कुशाग्र बुद्धि का रामकेवल एसएलसी बोर्डमा समेत तेश्रो स्थान ल्याएका थिए । हामीले एउटा दूरद्रष्टा गुमायौ ।


जनकपुर– मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान का उपकुलपति प्रा.डा.रामकेवल साह को निधन भएको छ । पेशाले हाडजोर्नी विशेषज्ञ रहेका ६९ वर्षीय डा.साहको भारत, नया दिल्ली स्थित नारायणा अस्पतालमा पछिल्लो केही समय देखी कलेजो को समस्या सम्बन्धी उपचार जारी थियो ।

उनको विहीवार बिहान ३ वजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ । डा.साहका स्कुलका साथी राजनीतिकर्मी बृखेशचन्द्र लाल ले नेपालहेल्थप्रेस सँग कुरा गर्दै मधेश र नेपालले एउटा सच्चा सपूत गुमाएको बताए । लाल का अनुसार सामान्य किसान परिवार वाट आएका डा. साह धेरै कुशाग्र बुद्घि, राजनीति रूपले चेतनशील, मिलनसार, प्रष्ट रुपमा आफ्नो कुरा राख्ने, र मधेश को जनताले आफ्नो समान अधिकार पाउनु पर्ने धारणा मा दृढ रहँदै मधेश आन्दोलनमा समेत पूर्ण सहयोग र सर्मथन गरेका थिए ।

डा.साहका अर्का स्कुल का साथी इन्जिनियर सत्य नारायण साह भन्छन्, उनी सदैव मधेश र मधेशी को उत्थानको लागि क्रियाशील रहे । सरस्वती हाई स्कुल वाट एसएलसी गरे र कुशाग्र बुद्धि का रामकेवल एसएलसी बोर्डमा समेत तेश्रो स्थान ल्याएका थिए । हामीले एउटा दूरद्रष्टा गुमायौ ।

डा.साहको निधन पछि सामाजिक सञ्जालमा उहाँ लाई श्रद्धाञ्जली दिदै अधिवक्ता दिपेन्द्र झा लेख्छन् ‘यति भन्न सक्छु, तपाइ जस्तो एक कुशल चिकित्सक, मधेस मुद्दा मा अडान र सकारात्मक सोचका मानिस विरलै पाइन्छ । म यति मात्र भन्छु तपाइ हाम्रो सम्पूर्ण परिवार को मुटुमा सदैव रहनु हुने छ। मेरो एउटा प्रस्ताव छ की राम केवल साह को प्रतिमा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको पहिलो उपकुलपति पहिचानको रुपमा प्रतिष्ठानमा स्थापित होस । सामाजिक सञ्जाल फेसबुकमा सुजित कुमार झा लेख्छन्, हार्दिक श्रद्धाञ्जली डाक्टर साहेब, मधेश मुभमेन्टको अपुरणीय क्षति ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!