सुनसरी, महोत्तरी, मोरंग, दाङ, बर्दिया, सुर्खेत, कञ्चनपुर, कैलाली र बाजुरामा दादुरा रुबेला खोप अभियान


काठमाडौं – स्वास्थ्य मन्त्रालय ले ६ महिना देखी १५ वर्ष उमेर मुनिका बालबालिका को लागि ९ जिल्लामा दादुरा रुबेला खोप अभियान सञ्चालन गर्ने भएको छ ।

स्वास्थ्य मन्त्रालयको अनुसार खोप अभियान सञ्चालन गर्ने ९ वटा जिल्ला मा नियमित खोप कार्यक्रम लाइ प्रभावित नहुने गरी असार महिना भित्रै अभियान सञ्चालन गर्न भनिएको छ । खोप अभियान सुनसरी, मोरंग, महोत्तरी, दाङ, बर्दिया, सुर्खेत, कैलाली कञ्चनपुर र बाजुरा जिल्लामा सञ्चालन गरिने छ ।

पहिला जति पटक खोप लगाए पनि यो अभियान मा अनिवार्य रूपमा एक मात्रा खोप लगाउनू पर्ने स्वास्थ्य मन्त्रालय ले जनाएको छ । हाल मुलुकको विभिन्न भागमा दादुरा देखिनु को साथै यो अन्य जिल्लामा समेत फैलिन सक्ने भएकोले खोप दिन लागेको हो ।

के हो दादुरा रुबेला ?

परिवार कल्याण महाशाखा का प्रमुख डा.विवेक कुमार लाल को अनुसार धेरै छिटो सर्ने सक्रामक रोग दादुरा मिजिल्स भाइरस ले गर्दा हुन्छ । रुबेला समेत रुबेला भाइरस को कारण ले हुने दादुरा जस्तै देखिने संक्रामक रोग हो । यो रोग छिट्टै महामारी को रूप लिन सक्ने भएकोले यसबाट जोगिन खोप आवश्यक छ । दादुरामा वाट संक्रमित एक व्यक्तिले १८ जना सम्म लाई रोग सार्न सक्छ ।

दादुरा संक्रमले गम्भिर प्रकारको जटिलता को सँगै बालबालिका को मृत्यु समेत हुन सक्ने उनी बताउँछन । तर रुवेलाको असर भने दादुरा भन्दा सामान्य प्रकार को हुन्छ । गर्भावस्था मा रुबेला संक्रमण भएमा गर्भपतन, समय अगावै बच्चा जन्मनु, गम्भिर प्रकारको जन्मजात विकलांगता, मृत कच्चाको जन्म लगायतका देखा पर्न सक्छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!