चम्किलो छाला को लागि आइस वाटर डिप थेरापी , धेरै भारतीय अभिनेत्रीहरू यो विधि अपनाउँछन्


मुम्बई – आइस वाटर फेस डिप थेरापी बलिउडका सुन्दर अभिनेत्रीहरूको छाला हेरचाह गर्ने दिनचर्यामा समावेश छ, तपाईंले पनि यो छाला हेरचाह दिनचर्या अपनाएर चमकिलो छाला प्राप्त गर्न सक्नुहुन्छ ।

बलिउड अभिनेत्रीहरूको सौन्दर्य देखेर हामी सबै छक्क पर्छौं । कयौं पटक हाम्रा मनपर्ने कलाकार लाई हेरेर एउटै प्रश्न सोध्छौं, उनीहरूको सुन्दरताको रहस्य के हो? महँगो मेकअप वा विलासी जीवन शैली ? किनभने दिन भरि गह्रो मेकअप लगाएर अनुहारमा प्राकृतिक चमक कायमै राखेर सुटिङ गर्ने कसरी सम्भव हुन्छ ।

तर, अहिले यो रहस्यबाट पर्दा उठेको छ । बलिउड अभिनेत्रीहरूले पनि सामान्य मानिसहरू जस्तै घरेलु उपचार र टिप्सहरू प्रयोग गर्छन् । यी उपायहरू मध्ये एक आइस वाटर फेसडिपथेरापी पनि हो । के हो यो थेरापी, यसले छालालाई कत्तिको फाइदा पुर्याउँछ,यो थेरापी कसरी लिइन्छ? यी सबै प्रश्नको जबाफ तपाईंले पाउनु हुन्छ ।

आइस वाटर फेस डिप थेरापी भनेको के हो?

आइस वाटर फेस डिप लाई थर्मोजेनेसिस को नाम ले जानिन्छ । यो थेरापी अन्तर्गत अनुहारलाई बर्फ र चिसो पानीले भरिएको कचौरामा केही समय डुबाएर बाहिर निकाल्छन्। यसले छालालाई धेरै फाइदा पुर्याउने विश्वास गरिन्छ । यो गर्न, बर्फ, पानी र सानो बाटा भए पुग्छ । एउटा सानो बाटामा पानी हालेर १५ देखी २० वटा आइस्क्युब हालिन्छ । अब यस भाँडोमा अनुहार डुबाउने गर्छन् । यो विधि को उपयोग कर्ताहरूले यसलाई ५ देखि ६ पटक दोहोर्याउने गरेका छन् । उनीहरूबिहानको दिनचर्यामा समेत यसलाई समावेश गर्ने गरेका छन । यसले छालालाई धेरै राम्रो बनाउन सक्ने मान्यता छ । यो थेरापी कट्रिना कैफ,आलिया भट्ट, तमन्ना भाटिया लगायतका अभिनेत्रीहरूकोको बिहानको दिनचर्याको एउटा हिस्सा रहेका दाबी समेत गरिन्छ ।

आइस वाटर डिप थेरापीका फाइदाहरू

यो थेरापीले अनुहारको सुन्नाइ कम गर्छ । धेरै मानिसहरू छन् जो बिहान उठ् पछि अनुहार र आँखा मुनि सुन्निएको हुने गर्छ । यस्तो अवस्थामा यो बरफको चिसो पानीले सुन्नाइ लाई कम गर्छ र छालालाई आराम मिल्छ । यसले छालालाई टाइट बनाउन मद्दत गर्छ । अनुहारलाई चिसो पानीमा डुबाउँदा यसले छालाको रोम छिद्र हर टाइट हुन लाग्छ । यो थेरापीले चाउरी र मिहिन रेखा(फाइनलाइन)को समस्या पनि कम गर्छ। खुला छिद्रहरू छालाको सबैभन्दा ठूलो समस्याहरू मध्ये एक हो । अनुहारको रोम छिद्रहरू ठूला र खुला भएमा त्यसमा तेल, फोहोर र धूलो जम्मा भइ रहन्छ । यसले छालाको प्राकृतिक चमक हटाउँछ। यसमा सेबम जम्मा हुन्छ र डन्डीफोर निम्त्याउँछ । यस्तो अवस्थामा यो थेरापीले छिद्रको आकार घटाउन मद्दत गर्छ, जसले अनुहारलाई चम्किलो र सुन्दरबनाउँछ। अर्को तर्फ, यदि तपाईंको छाला धेरैसंवेदनशील छ भने यो थेरापी गर्नु अघि एक पटक डाक्टरको सल्लाह लिनुहोस् ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!