‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जन स्वास्थ्य पुरस्कार’ बाट ३ व्यक्ति, २संस्था र एउटा निकाय पुरस्कृत


काठमाडौँ — स्वास्थ्य मन्त्रालयको स्वास्थ्य कर कोष सचिवालयले ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’बाट ३ व्यक्ति, २ संस्था र एउटा सरकारी निकाय लाई पुरस्कृत गरेको छ ।

विश्व धुमपान रहित दिवसको अवसरमा बुधबार आयोजना गरिएको एक कार्यक्रममा सुर्ती जन्य पदार्थ विरुद्धको अभियानमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै व्यक्ति तथा संस्था पुरस्कृत भएको हो ।

प्रत्येक लाई स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतले ५० हजार रुपैयाँ र कदरपत्रबाट सम्मान गरेका थिए । व्यक्ति तर्फ प्रा.डा. रीता थापा , राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा. भक्त बहादुर केसी र स्वास्थ्य पत्रकार पदम राज जोशी पुरस्कृत भएका छन् । त्यस्तै संस्था तर्फ एक्सन नेपाल एवं नेपाल विकास अनुसन्धान प्रतिष्ठानलाई पुरस्कृत गरिएको छ । सरकारी निकाय तर्फ विराटनगर महा नगरपालिका पुरस्कृत भएको हो ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!