के हो ‘डिजिज एक्स’ : डब्लुएचओ को चेतावनी, आउने वाला छ कोभीड भन्दा खतरनाक महामारी


विश्व स्वास्थ्य संगठन ( डब्लुएचओ ) ले कोरोनाको गति घटेको भए पनि चाडै नै विश्वले अर्को महामारीको सामना गर्ने चेतावनी दिएको छ, जसले बिरामी र मृत्युको संख्या बढ्न सक्छ, यसलाई डिजिज ‘एक्स’ भनिएको छ ।

पछिल्लो तीन वर्षदेखि कोरोना भाइरसको महामारीबाट ग्रसित विश्व सामु छिट्टै अर्को ठूलो संकट आउन लागेको छ । विश्वले नयाँ महामारीको सामना गर्नुपर्ने हुन सक्छ , जुन कोभीड भन्दा बढी खतरनाक हुनेछ । यो चेतावनी डब्लुएचओ को प्रमुख डा.टेड्र्रोस घेब्रेयसस ले दिएको छ ।

डब्ल्यूएचओ  का प्रमुख डा टेड्रोस घेब्रेयसस ले हालै जेनेभामा भएको विश्व स्वास्थ्य सम्मेलन (बर्ड हेल्थ एसेम्बली) को बैठकमा दिएका हुन् । डा.टेड्रोसले भने,– ‘एउटा अर्को महामारी जुनसुकै बेला आउन सक्छ, जसले भयानक रोग फैलाउन सक्छ र ठूलो सङ्ख्यामा मानिसको ज्यान लिन सक्छ। यसको सामना गर्न हामी सामूहिक रूपमा तयार हुनुपर्छ । अवश्य पनि, कोभीडको प्रकोप विश्वव्यापी रूपमा कम भएको छ, तर अझै एउटा अर्को प्रकारको महामारीको सम्भावना छ। यसले बिरामी र मृत्युको सङ्ख्यामा उल्लेखनीय वृद्धि हुनेछ ।’

डब्ल्यूएचओले केही सङ्क्रामक रोगहरू पहिचान गरेको छ जसले अर्को महामारी निम्त्याउन सक्छ। यी रोगहरूमा इबोला भाइरस, मारबर्ग, मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम, ’ सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रोम, कोभीड–१९, जिका र सायद सबैभन्दा भयानक ‘डिजिज ( रोग ) एक्स’ समावेश छ ।

‘डिजिज –एक्स’ के हो ?

‘डिजिज – एक्स’, एउटा टर्म ( प्रयुक्त शब्द ) हो । जसको उपयोग डब्लुएचओ द्वारा प्लेस होल्डर को रुपमा एउटा यस्तो रोग को वर्णन गर्न को लागि गरिन्छ जो मानव सङ्क्रमणको कारण उत्पन्न हुन्छ र चिकित्सा विज्ञान ( मेडिकल साइन्स ) को लागि अज्ञात छ ।

यसलाई सरल भाषामा यसरी बुझ्न सकिन्छ की ‘डिजिज एक्स’, भनेको त्यस्तो रोग वा सङ्क्रमणको लागि प्रयोग हुने शब्द हो, जसको बारेमा हालको अवस्थामा कसैलाई थाहा छैन। उदाहरणका लागि, डब्लूएचओले सन् २०१८ मा पहिलो पटक डिजिज एक्स को प्रयोग गर्‍यो र अर्को वर्ष अर्थात् २०१९ मा कोरोना भाइरस जस्तो महामारी उत्पन्न भयो।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!