बर्ड एलायन्स फर मर्करी फ्री डेन्टिस्ट्री द्वारा रामचरित्र साह लाई ‘ एशिया को प्रथम पुरस्कार – २०२२ ’, प्रदान

बर्ड एलायन्स फर मर्करी फ्री डेन्टिस्ट्री ले शुक्रवार एक कार्यक्रममा स्वास्थ्य मन्त्रालयलाई नेपालमा मर्करी मुक्त स्वास्थ्य सेवा र दन्त चिकित्साको बारे प्रगतिशील निर्णय गरेर कार्यान्वयन गरिरहेकोले प्रशंसा पत्र हस्तान्तर गरेको छ


काठमाडौ– बर्ड एलायन्स फर मर्करी डेन्टिस्ट्री ले शुक्रवार एक कार्यक्रममा नेपालमा मर्करी मुक्त स्वास्थ्य सेवा र दन्त चिकित्साको लागि अग्रणी भूमिका खेल्दै प्रभावकारी कार्यान्वयनको लागि गरेका प्रयासहरूको लागि वातावरण वैज्ञानिक रामचरित्र साहलाई ‘एशियाको प्रथम पुरस्कार–२०२२’ हस्तान्तरण गरेको छ ।

बर्ड एलायन्स फर मर्करी फ्री डेन्टिस्ट्री की उपाध्यक्ष र इएसडीओ बंगलादेश की कार्यकारी निर्देशक सिद्धिका सुल्तानाले उक्त पुरस्कार जन स्वास्थ्य तथा वातावरण प्रवर्धन केन्द्रका कार्यकारी निर्देशक साहलाइ हस्तान्तरण गरिन ।

स्वास्थ्य मन्त्रालय लाई प्रश‌ंसा पत्र
बर्ड एलायन्स फर मर्करी फ्री डेन्टिस्ट्री ले स्वास्थ्य मन्त्रालयलाई नेपालमा मर्करी मुक्त स्वास्थ्य सेवा र दन्त चिकित्साको बारे प्रगतिशील निर्णय गरेर कार्यान्वयन गरिरहेकोले प्रशंसा पत्र समेत हस्तान्तर गरेको छ ।

बर्ड एलायन्स फर मर्करी फ्री डेन्टिस्ट्री की उपाध्यक्ष र इएसडीओ बंगलादेश की कार्यकारी निर्देशक सिद्धिका सुल्तानाले स्वास्थ्य मन्त्रालयका सचिव डा.रोशन पोखरेललाई उक्त प्रशंसा पत्र हस्तान्तरण गरिन ।

नेपाल सरकारले स्वास्थ्य मन्त्रालयले उच्च जोखिम र वातावरणीय प्रदुषणको समस्या लाई सम्बोधन गर्न २०७०/७१ देखी लागु हुने गरी सरकारी र निजी दुवै क्षेत्रमा सञ्चालित स्वास्थ्य संस्थाहरूमा मर्करीयुक्त उपकरणहरूको आयात, खरिद र प्रयोगमा प्रतिवन्ध लगाउने निर्णय गरेको थियो ।

यस्तै स्वास्थ्य मन्त्रालयले २०७६ साल भदौ ४ गते देखी लागु हुने गरी गर्भवती र स्तनपान गराउने महिला, १५ वर्ष मुनीका वालवालिका लाइ मर्करी डेन्टल अमलगमको प्रयोगमा पुर्ण प्रतिवन्ध लगाउने निर्णय गरेको हो ।

अन्य उमेरको हकमा विकल्प भएमा मर्करी डेन्टल अमलगमको प्रयोगमा ५ वर्ष भित्र प्रतिवन्ध गर्ने, दन्त चिकित्सा अध्ययन अन्तर्गतको पाठयक्रममा मर्करी डेन्टल अमलगमको प्रयोग पाठयक्रमवाटै परिमार्जन गर्ने र व्यवहारिक अभ्यासहरूमा मर्करी डेन्टल अमलगमको प्रयोगमा प्रतिवन्ध लगाउने निर्णय समेत मन्त्रालयले गरेको छ ।

मुलुकको स्वास्थ्य क्षेत्र मर्करी उत्सर्जनको दोश्रो ठुलो श्रोतको रुपमा परिचित थियो । थर्मोमिटर, डेन्टल अमलगम, स्फिग्मोमानोमिटर र अन्य प्रयोगशाला रसायनहरू सहित मर्करीयुक्त सामाग्रीको प्रयोग र विसर्जनबाट वर्षेनी २ हजार ५ सय ९० किलोग्राम मर्करी वातावरणमा विसर्जन भइ रहेको थियो ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!