हिँडाइको फायदा : दिनहुँ कति पाइला हिँड्नु आवश्यक


शारीरिक गतिविधि स्वास्थ्य को लागि धेरै आवश्यक हो भने शारीरिक गतिविधि मध्ये सबै भन्दा सरल र अरसदार हिँडाइ हो । दिनहुँ हिँड्दा शरीरको तौल सहजै कम हुन्छ भने यसले मुटु र मस्तिष्कको स्वास्थ्य को लागि समेत जबरजस्त तरिका ले फायदा पुर्याउँछ ।

थुप्रै अध्ययन अनुसन्धानमा दिनहुँ हिँडाइ ले मांसपेशी , जोर्नी , र घुँडा मा धेरै राम्रो असर हुन्छ । डिप्रेसन (उदासी रोग) देखि लिएर कोलेस्ट्रोल र स्वस्थ जीवन को लागि हिँडाइ धेरै आवश्यक छ ।

कति हिँड्नु आवश्यक ?

स्वास्थ्य विज्ञहरूको अनुसार दिनहुँ १० हजार पाइला हिँडाइ ले स्वस्थ रहन सघाउँछ । दिनहुँ हिडना ले मुटु को रोग र डिमेन्सिया को खतरा कम हुन्छ । उसो अचानक नै एक दिनमा १० हजार पाइला को लक्ष्य पुरा गर्ने सोचे स्वास्थ्य लाई फायदा हुनु को सट्टा नोक्सान समेत हुन सक्छ । व्यक्ति विशेषले आफ्नो क्षमता अनुसार दिनहुँ पाइला (स्टेप्स) को संख्या बढाउनु पर्छ ।

स्वास्थ्य विज्ञहरू भन्छन् की जो सुकै व्यक्ति दिनहुँ १० हजार पाइला हिडन सक्दैनन् । यसैले उनीहरू ७ हजार पाइला हिँड्ने सल्लाह दिन्छन् । किनभने दिनहुँ ७ हजार पाइला हिँड्नाले छिटो (समय अगावै) मृत्यु को खतरा कम हुन्छ ।

यस्तै ३ हजार भन्दा बढी पाइला पनि स्वास्थ्य को लागि फाइदा कारी हो । यदि तपाइ व्यायाम र वर्क आउट गर्नु हुन्छ भने तपाई लाई यो भन्दा बढी पाइला हिँडिनु पर्ने कुनै आवश्यकता छैन । यदि तपाइ आफ्नो जीवन शैली मा सुधार गर्न चाहनु हुन्छ र स्टेप्स काउन्टस (हिँडाइको पाइला) बढाउन चाहनु हुन्छ भने तल उल्लेख गरिएका बानी अपनाउनुस् ।

स्वस्थ जीवनको उपाय

  • लिफ्टको ठाउँ मा भर्याङको उपयोग
  • बिहान बेलुका चौर, पार्क मा हिडनुस
  • घर बाहिर नजिक को कुनै कामले जानु परे गाडी, मोटरसाइकलको सट्टा हिँड्दै जानोस्
  • काम को बीच मा सानो ब्रेक लिएर अफिस मा हिडनुस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!