डा.भुपेन्द्र बस्नेत न्याम्सको निमित्त उप कुलपति नियुक्त


काठमाडौ – चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को निमित्त उप कुलपतिमा डा. भुपेन्द्र बस्नेत नियुक्त भएका छन्। सरकारले डा बस्नेत लाई अर्को व्यवस्था नभए सम्मका लागि आर्थिक र प्रशासनिक अधिकार सहित निमित्त उपकुलपतिको जिम्मेवारी दिएको हो ।

न्याम्समा उपकुलपति लगायत का पदाधिकारी नियुक्त नहुँदा रेजिडेन्ट, चिकित्सक लगायतका कर्मचारीले लामो समय देखि तलब, भत्ता लगायतका सेवा सुबिधा पाउन सकेका थिएनन।

तीन महिना देखि मासिक निर्वाह भत्ता नपाए पछि आवासीय चिकित्सकहरुले आन्दोलन को कार्यक्रम समेत सार्वजनिक गरि सकेका छन्। न्याम्समा गत फागुन ३० गते देखी उपकुलपति लगायत का पदाधिकारी रिक्त छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!