उच्च स्तरीय औषधि समेत हो दालचिनी


हामी सबै को भान्सा गरम मसला को रुपमा उपयोग गरिने दालचिनी उच्च गुणस्तरको औषधि समेत हो । यसमा एन्टिसेप्टिक, एन्टिफंगल र एन्टिभाइरल गुण हुन्छ ।

आयुर्वेदका अनुसार दालचिनीले आर्थराईटिसको दुखाई निको पार्छ । आयुर्वेदको भनाइलाई आधुनिक विज्ञानले समेत पुष्टि गरेको छ । कोपेनहेगन विश्वविद्यालयमा मा गरिएको अध्ययनमा आधा चम्चा दालचिनी को धूलो एक चम्चा मह सँगै रोगीलाई खाजा अघि दिनहुँ दिएपछि एक सातामा आर्थराइटिसको दुखाइमा उल्लेख्य कमी देखिएको थियो । र रोगीहरू एक महिनापछि विना दुखाई हिँड्ने गरेका थिए ।

दालचिनी कपाल झर्न वाट रोक्छ । दाँतको दुखाइ मा राहत दिन्छ । कोलेस्ट्रोल घटाउछ । अध्ययन अनुसार मात्र आधा चम्चा दालचिनी को धुलोले एलडिएल कोलेस्ट्रोल घटाउँछ । यसमा रगत जम्न नदिने गुण समेत पाइएको छ ।

अमेरिकाको कृषि विभागका अनुसंन्धानकर्ताहरुले प्रकाशित गरेका अध्ययन प्रतिवेदन अनुसार दालचिनी रगतको क्यान्सर र ‘लिम्फोमा’ क्यान्सर कोषको वृद्धिलाई कम गर्छ । रुघा कम गर्छ । वीर्यको गुणस्तर बढाउँछ । रोग प्रतिरोधक क्षमता बढाउँछ र तौल घटाउँछ ।

दालचिनीले पाचक रसको स्रावलाई समेत उत्तेजित गर्छ । अमेरिकामा भएको एक अनुसन्धानले दालचिनी मधुमेह रोगीको लागि लाभ दायक रहेको थाहा पाइएको छ । दालचिनीको प्रयोगले टाइप–२ मधुमेहबाट ग्रस्त रोगीमा रक्त शर्कराको स्तरलाई सुधार गर्न सहयोग मिल्छ ।

दालचिनी प्याक्रियाजवाट पर्याप्त मात्रामा इन्सुलिन निकाल्न पनि सहयोगी छ । विशेषज्ञको अनुसार दालचिनीको एउटा गुन यो हो की यसको सेवन पछि तपाइ केही खानु हुन्छ भने छिट्दै भोक को अनुभूति हुन्न ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!