नियमित खोप छुटेका ५ वर्ष मुनीका बालबालिका लाई आज आइतवार खोप दिइने


काठमाडौं —नेपाल  सरकारले मुलुक भरी नियमित खोप लगाउन छुटेका पाँच वर्ष  मुनिका बालबालिकालाई वैशाख ३१ गते आइतवार खोप दिई रहेको छ । 

‘बृहत् खोज र खोप अभियान’, अन्तर्गत सरकारले दुई साता अघि वैशाख १५ गते समेत यो अभियान सञ्चालन गरेको थियो । यो खोप देशभरिका सबै सरकारी स्वास्थ्य संस्थाबाट राष्ट्रिय खोप तालिका अनुसार १५ महिना भित्रमा लगाउनु पर्ने नियमित खोप छुटेका ५ वर्षमुनिका सबै बालबालिका लाई नियमित खोप दिई राखिएको हो ।

स्वास्थ्य मन्त्रालयले आफूलाई पायक पर्ने नजिकैको स्वास्थ्य संस्थामा गएर बालबालिकालाई छुटेको खोप लगाउन र छरछिमेकमा कसैले खोप लगाउन छुटेका भए उनीहरू लाई समेत लगाउन प्रेरित गर्न सबै सँग अनुरोध गरेको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!