‘चितवन मेडिकल कलेजमा ‘बिडिएस’ की छात्रा सिम्रन थापालाई परीक्षा हलमा मानसिक तनाव दिएर शिक्षकले निकाले पछि उनले आत्महत्या गरेको आरोप’

चितवन मेडिकल कलेजको सम्पूर्ण बहिरंग सेवा अनिश्चित समयको लागि अवरुद्ध


काठमाडौं–फेडरेशन अफ नेप्लिज मेडिकल स्टुडेन्ट्स ले चितवन मेडिकल कलेजमा बिडिएस चौथो वर्ष मा अध्ययनरत छात्रा सिम्रन थापाले बुधवार आन्तरिक परीक्षा दिई रहेको बेला परीक्षा हलबाट शिक्षकले जबरजस्ती मानसिक तनाव दिई निकालेको र त्यस पछि उनले आफ्नो कोठामा गई आत्म हत्या गरेको आरोप लगाउदै दोषीलाई छानविन गरी कडा कारवाहीको माग गरेको छ ।

फेडेरेसनका अध्यक्ष डा.नरेश भट्टले बिहीवार विज्ञप्ति जारी गर्दै चितवन मेडिकल कलेजको सम्पूर्ण बहिरंग (ओपिडि) सेवा अनिश्चित समयको निम्ति अवरुद्ध गर्दै विद्यार्थीहरू संघर्षरत रहेको जनाएको छ । फेडेरेसनले चितवन मेडिकल कलेज– विद्यार्थी संघर्ष समितिका मागहरूप्रति ऐक्यबद्धता समेत प्रकट गरेको छ ।

पछिल्लो समय शैक्षिक क्षेत्रमा शिक्षकले विद्यार्थीलाई मानसिक यातना दिने क्रम बढेको जनाउदै फेडेरेसनले खासगरी प्राविधिक शिक्षण गर्ने संस्थाका विद्यार्थीहरूले गुनासो गर्ने क्रम बढिरहेको जनाएको छ । मानसिक स्वास्थ्यमा राज्यले विषेश कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको औँल्याउदै फेडेरेसनले शिक्षण पेशालाई थप मर्यादित बनाउन सबै पक्षले सहकार्य गर्न अपरिहार्य आवश्यकता रहेको समेत जनाएको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!