स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेत भन्छन, स्वस्थकर जीवनशैली खानपानले ६४ वर्षमा समेत नियमित औषधि खानु परेको छैन


काठमाडौं –स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेत ले स्वस्थ कर जीवन शैली एवं सकारात्मक सोच र व्यवहारले आफूलाई अझै सम्म नियमित रूपमा कुनै पनि औषधि सेवन गर्नु नपरेको बताएका छन् ।

उनले आफूलाई अझै पनि कुनै दीर्घ रोग नरहेको बताउँछन् । एपेन्डिसाइटिस भएको समय वीर अस्पतालमा उपचार गराउँदा समय मात्र चिकित्सकको सिफारिसमा केही साता औषधि सेवन गरेको उनलाई सम्झना छ ।

६४ वर्षीय स्वास्थ्य मन्त्री बस्नेतले स्वास्थ्य मन्त्रालयमा बुधवार आयोजित स्वास्थ्य पत्रकार हरू सँगको परिचयात्मक कार्यक्रममा पूर्ण स्वस्थ रहनुको रहस्य खोल्दै उक्त कुरा जनाएका हुन ।

‘तनावले मान्छे लाई सिध्याउँछ, चिन्ताले चितामा पुर्याउँछ’, स्वास्थ्य मन्त्री बस्नेतले भने–‘आफनो आहार विहारमा ध्यान दिन्छु, २४ घण्टामा १ घण्टा मात्र आफू लाई दिन्छ, नियमित व्यायाम गर्छु ।’

मको व्यस्तता भए पनि आफूले कहिले खाली पेट काम नगरेको बताउँछन् । बिहानै खाने गरेको जनाउँदै आफ्नो झोला, गाडीमा सँधै प्रसस्त स्वस्थ कर खाने कुरा राख्ने समेत उनी बताउँछन् । स्वास्थ्य मन्त्रीले गाऊ मा समेत प्रायः आफ्नै वारीमा उमारिएको अर्ग्यानिक तरकारी र आफैले पालेको गाई भैँसीको दूध र अन्य दुग्ध परिकार सेवन गर्ने गरेको बताए । आफूले लोकल कुखुरा मात्र नभइ ५५ धार्नीको खसी समेत पालेको उनले जनाए । ‘काठमाडौं मा समेत ४ वटा गाई पालेको छु’ बस्नेतले भने–‘ बाल्य काल देखी नै हाल सम्म आफ्नै घरको ध्यु, दूध, दुग्ध पदार्थहरू सेवन गर्दै आएको छु ।’

उनी सबै नेपाली सकारात्मक जीवन शैली स्वस्थ कर खानपान, उचित व्यायाम र चिन्ता नलिने बानी अँगालेर आफू स्वस्थ रहेर नै अन्य व्यक्तिको स्वास्थ्य राम्रो राख्न काम गर्न सक्ने बताउँछन् । स्वास्थ्य मन्त्री बस्नेतको जन्म सिन्धुपालचोकमा सन १९५८ को सेप्टेम्बर ९ तारिखमा भएको हो ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!