जनस्वास्थ्य प्रयोगशालामा मंकीपक्सको परिक्षण शुरु

मंकीपक्सले शरीरमा दाना, ज्वरो, सुस्ती, मांसपेशी टाउको जोर्नी लगायतका दुखाइ, लिम्फनोडहरु सुन्निने लक्षण पाइएको छ । यो लक्षण २ देखी ४ साता सम्म रहन सक्छ । मंकीपक्सको लक्षणहरू घातक हुदैन तर कतिपय अवस्थामा यसले गम्भिर स्वास्थ्य समस्या निम्त्याउन सक्छ । 


काठमाडौं – मुलुकमा विहीवार देखी राष्ट्रिय जन स्वास्थ्य प्रयोगशालामा मंकीपक्सको परिक्षण शुरु भएको छ । यस अघि शंकास्पद बिरामीहरूमा ‘चिकेनपक्स’, को परिक्षण गरेर यो संक्रमण भए नभएको किटान गरिन्थ्यो ।

प्रयोगशाला का निर्देशक डा.रुना झाका अनुसार विश्व स्वास्थ्य संगठन(डव्लुएचओ)को सहयोगमा मंकीपक्सको परिक्षण शुरु भएको हो ।यस अघि ५ वटा शंकास्पद नमुना लाई मंकीपक्स भए नभएको निर्क्यौल गर्न ‘चिकेनपक्स’, परिक्षण गरिएको थियो ।

मुलुकमा हाल सम्म मंकीपक्स संक्रमण देखिएको छैन । छिमेकी राष्ट्र भारतमा ३ वटा मंकीपक्सको संक्रमण देखि सकिएको छ । यस मध्ये २ जनाको भ्रमण इतिहास रहे पनि एक जनाले कुनै यात्रा गरेका थिएनन् ।
डव्लुएचओको अनुसार मंकीपक्स संक्रमण मंकीपक्स भाइरसले गर्दा हुन्छ जुन पक्सभाइराडाइ परिवारको अर्थोपक्स भाइरस प्रजातिको कारणले हुन्छ ।

पछिल्लो समय करिव १३ प्रतिशत बिरामीलाई मंकीपक्सले गर्दा अस्पतालमा भर्ना गर्नु परेको छ । इनिहरुको शरीरमा दाना, ज्वरो, सुस्ती, मांसपेशी टाउको जोर्नी लगायतका दुखाइ, लिम्फनोडहरु सुन्निने लक्षण पाइएको छ । यो लक्षण २ देखी ४ साता सम्म रहन सक्छ । मंकीपक्सको लक्षणहरू घातक हुदैन तर कतिपय अवस्थामा यसले गम्भिर स्वास्थ्य समस्या निम्त्याउन सक्छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!