फर्सीको फुल थुप्रै गम्भीर रोग निको पार्न सक्छ, जान्नुस् यो खानुको ५ फायदा


फर्सी खानुको फायदा त सबैले जान्छन् तर यसको फुल खानाले स्वास्थ्यको लागि थुप्रै चमत्कारिता फायदा हुन्छ । आज तपाइ फर्सीको फुल सेवनको फायदा बारे जान्नु हुने छ । फर्सी सुपर फुड हो र यसका धेरै स्वास्थ्य सम्बन्धित फाइदाहरू छन् ।

तर के तपाईंलाई थाहा छ फर्सी सँगै यसको फुल पनि गुणको खानी नै हो । हामी तरकारीको रुपमा फर्सी को मुन्टो खाने गरेका छौं । यो फुल लाई समेत खानामा प्रयोग गरिन्छ । यो फुलमा पौष्टिक तत्व अन्तर्गत क्याल्सियम , फस्फोरस , भिटामिन , मिनरल्स , पर्याप्त मात्रामा पाइन्छ । यो फुलको सेवनले धेरै रोग विरुद्ध लड्न सघाउँछ ।

मधेशमा फर्सी को फुल लाई परापूर्व काल देखी नै तारेर समेत खाने गरिन्छ जसलाई स्थानीय मैथिली भाषामा ‘ फर्सी फुल को तरुवा ’ समेत भनिन्छ । यति मात्र नभइ फर्सी को फुल लाई तरकारीको रूपमा समेत उपयोग गरिन्छ ।

  • फर्सीको फुलमा भिटामिन ‘सी’ प्रचुर मात्रामा पाइन्छ । जसले हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन सघाउँछ । यसले गर्दा मौसमी रुघाखोकी जस्तो समस्या वाट टाढा रहन सहयोग पुग्छ । यसको साथै यसले शरीरमा आइरन को अव शोषण लाई तीव्र बनाउँछ । जसले गर्दा शरीर कुनै प्रकारको संक्रमण वाट जोगाउन पहिले नै तयार हुन्छ ।
  • फर्सी को फुल सेवन गर्दा शरीरबाट ब्याक्टेरिया र फगल संक्रमण को समस्या हट्छ । गर्मी याममा धेरै जसो संक्रमण को खतरा रहन्छ । यस्तो अवस्थामा फर्सीको फुल को सेवन गर्नु निकै फाइदा जनक हुन्छ । फर्सीको फुलले कुनै पनि रोग वाट निको हुन सघाउँछ ।
  • फर्सीको फुल ले पाचन प्रणाली लाई समेत फायदा पुर्याउँछ । पाचन प्रणालीमा सुधार हुन्छ । किनभने यसमा पर्याप्त मात्रामा फाइबर ( रेशा ) पाइन्छ । यसको सेवन गर्नाले पेटमा गह्रो पना , अपच , ग्याँस जस्ता समस्या हट्छ ।
  • फर्सीको फुल मा भिटामिन ‘ए’ प्रशस्त मात्रामा पाइन्छ । जुन आँखा को ज्योति बढाउन फाइदा जनक मानिन्छ । आँखा सुक्खा हुने समस्या मा पनि यो सेवन गर्नु फायदा जनक हुन्छ । रत अन्धो ( राती आँखा नदेख्नु ) जस्तो समस्या मा समेत नियमित रुपमा फर्सी को फुल सेवन गर्नु फायदा जनक हुन्छ ।
  • फर्सीको फुल हाड लाई फायदा पुर्याउँछ । किनभने यसमा पर्याप्त मात्रामा क्याल्सियम र फस्फोरस पाइन्छ जसले हाड लाई बलियो बनाउँछ । यो अस्टियोस्पोरोसिस रोगमा समेत फाइदा जनक हुन्छ । यो दाँत लाई समेत बलियो बनाउँछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!