प्रत्यारोपन विज्ञ डा. पुकार चन्द्र श्रेष्ठ सम्मानित


भक्तपुर – शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र का कार्यकारी निर्देशक डा पुकार चन्द्र श्रेष्ठलाई नेपालमा एक हजार भन्दा बढी मृर्गौलाको सफल रेकर्ड प्रत्यारोपण सगै अंग फेल भएका व्यक्तिको उपचारमा अग्रणी भूमिका निर्वाह गरेको मा मृर्गौला पिडित सरोकार समाज ले सम्मानित गरेको छ ।

भक्तपुरमा श्री मृर्गौला पिडित सरकोकार समाजको पाचौं राष्ट्रिय महादिवेशन को अवसरमा भएको कार्यक्रम मा डा. पुकार सम्मान प्रदान गरिएको हो ।

उक्त समारोह मा बोल्दै डा पुकारले अङ्ग फेल भएका र अंग नपाएर प्रत्यारोपण गर्न नपाइ मृत्यू बरण गर्नु पर्ने बाध्यताको अन्त गर्न सबैले आ– आफ्नो क्षेत्रबाट सहयोग पुर्‍याउन पर्ने कुरा बताए । अंग दान गर्न र मस्तिष्क मृत्यू पछि प्राप्त हुने अंग प्रत्यारोपण कार्य सूचारु गर्न सबैमा उनले अनुरोध समेत गरे ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!