आइपिपिएफ महानिर्देशक डा.अलभाइरा, यौन स्वास्थ्य मा बजेट विनियोजन बढाउन प्रधानमन्त्री सँग आग्रह गर्ने


काठमाडौं– इन्टरनेशनल प्लान्ड पैरेन्टहुड फेडरेसन (आइपिपिएफ) का महा निर्देशक डा.अलभाइरो बर्मेखो ले प्रधानमन्त्री पुष्पकमल दहाल संग नेपालको स्वास्थ्य बजेटमा यौन स्वास्थ्य तर्फ विनियोजन बढाउन आग्रह गर्ने भएका छन् ।

आइपिपिएफका महा निर्देशक डा.बर्मेखो यो साता नेपालमा उच्चस्तरीय भेटघाट गर्ने छन् । उनी मंगलवार प्रधानमन्त्री पुष्पकमल दहाल सँग भेटेर यौन र प्रजनन स्वास्थ्य एवं अधिकार को विकास मा नेपाल कसरी अग्रणी भूमिका निर्वाह गर्न सक्ने वारे छलफल गर्नेछन् ।

डा.बर्मेखोले मंगलवार हुने भेटमा प्रधानमन्त्री दहाल सँग यौन र प्रजनन स्वास्थ्य एवं अधिकार को क्षेत्रमा बजेट बढाउन आग्रह गर्ने कुरा सोमवार नेपाल परिवार नियोजन संघमा पत्रकार सँगको अन्तरक्रियामा बताएका हुन । नेपाल परिवार नियोजन संघ आइपिपिएफको सदस्य हो । डा.बर्मेखो सँगै नेपाल भ्रमण र उच्च स्तरीय भेटघाटमा आइपिपिएफ की दक्षिण पूर्व एसियाका क्षेत्रीय निर्देशक सोनल मेहता समेत संलग्न रहने छिन ।

नेपालमा अझै झन्डै दुई तिहाइ गर्भपतन असुरक्षित रहेको जनाउँदै डा.बर्मेखोले सुरक्षित गर्भपतन सेवा, यस बारेको कानुनी अधिकार आदि वारे महिलालाई थाहा नभएको अवस्था समेत रहेको बताए । यी प्रकृयाहरु वारे आम नेपाली महिलालाई जानकारीको लागि व्यापक जन चेतनाको आवश्यकता वारे समेत उनले औँल्याए ।

यौन कर्मी, एचआइभी सँग वाचिरहेकाहरु, ड्र्रस उपयोगकर्ता, अपाङ्गता भएकाहरु, यौनिक अल्प संख्यक, यौन कर्मी, एलजीविटि, सीमान्त कृत समूह लगायतका प्रतिनिधिहरू सँग भेटेर यौन र प्रजनन स्वास्थ्य एवं अधिकार को विषयमा डा.बर्मेखो र मेहताले छलफल समेत गरेका थिए । नेपाल परिवार नियोजन संघका कार्यकारी निर्देशक डा.नरेशप्रताप केसीले डा.बर्मेखो नेपालका उच्च पदाधिकारीहरू सँग भेटघाट सँगै कोशी र वाग्मती प्रदेशको परिवार नियोजन संघ को स्वास्थ्य सुविधा र क्लिनिकहरु भ्रमण गरेर जानकारी लिने बताए ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!