महिनावारी मा दिनहुँ कति पटक फेर्नु पर्छ प्याड


महिनावारी को समय यदि स्यानिटरी प्याड हरेक ३–४ घन्टा मा नफेरियोस् भने थुप्रै प्रकारको संक्रमण हुन सक्छ । महिनावारीको समय स्यानिटरी प्याड उपयोग गर्ने महिलाहरू मध्ये धेरै जसो ले दिनभरी एउटै प्याड उपयोग गर्ने समेत देखिएको छ । यस्तो गर्नु स्वास्थ्यको लागि धेरै खतरनाक हो ।

महिनावारी मा प्याड फेर्नु रगतको बहाव (ब्लड फलो) मा निर्भर गर्दैन, रगतको वहाव कम होस वा बढी नियमित अन्तरालमा प्याड फेर्नु बानी अपनाउनु पर्छ ।

स्यानिटरी न फेर्दा संक्रमण, चिलाउनु, सुन्निनु, अनियमित योनि स्राव लगायतका लक्षण देखिन सकिन्छ । सन २०१८ मा गरिएको एउटा अध्ययनमा के देखियो भने दिनभरी मा स्यानिटरी प्याड नफेर्दा तल्लो प्रजनन पथ (लोअर रिप्रोडक्टिझ ट्र्रैक्ट) को संक्रमण हुन सक्छ । यो संक्रमणलाई कन्टेक्ट डर्मेटाइटिस को रुपमा समेत जानिन्छ । यसमा एउटा प्याड सँग लामो समय सम्म सम्पर्कमा रहने कारणले छालामा जलन र बिमिरा हुन सक्छ । यो बिमिरा सामान्यतया योनि क्षेत्रको छेउ छाउ मा हुन्छ ।

विज्ञहरूको अनुसार महिनावारीको समय ब्लिडिङ (रगतको वहाव) सामान्य होस वा अत्यन्त न्युन होस , ब्याक्टेरिया जम्मा हुन सक्छ । यही कारणले दिन भरीमा प्याड लाइ हरेक तिन देखी चार घन्टा मा फेर्नु पर्छ ।

यसरी नियमित अन्तरालमा प्याड फेर्नु आन्तरिक स्वक्षताको लागि मात्र नभइ गन्ध रोकन समेत सघाउँछ । समयमा प्याड न फेर्दा ल्युकोरिया हुने जोखिम समेत हुन्छ । ल्युकोरिया यस्तो अवस्था हो जसमा योनि क्षेत्र वाट बढी मात्रामा सेतो पानी (हृवाइट डिस्चार्ज) बग्छ । यो कारणले महिला कमजोरी थकाइ अनुभव गर्छिन् ।

एउटै प्याड लाइ बारम्बर उपयोग गर्नाले संक्रमणको सम्भावना समेत बढ्छ । यस्तोमा चिलाउने र पोल्ने समस्या देखिन सक्छ । महिनावारी को समय योनि छेउ छाउ मा सर सफाइ न हुने कारणले डाबर हुन सक्छ । अझ दिनमा ३–४ पटक प्याड न फेर्ने हरूलाई फंङ्गल, ब्याक्टेरियल संक्रमण हुन सक्छ । यसले गर्दा योनि र छेउछाउमा निरन्तर चिलाउने र जलन हुन सक्छ ।

महिलामा युरिनरी ट्र्रैक्ट इन्फेक्सन (मुत्र पथको संक्रमण) आम समस्या हो । महिनावारीको समय समय मै नियमित रूपले प्याड न फेर्दा धेरै जसो यो समस्या देखिन सक्छ । युटिआइ मा पिसाब फेर्दा पेटको तल्लो भागमा दुखाइ र पोलाइ हुन सक्छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

तपाईको प्रतिक्रिया दिनुहोस

error: Content is protected !!