डेंगु रोकथाम को लागि ‘साढे दस बजे दस मिनेट’ अभियान


काठमाडौँ – स्वास्थ्य मन्त्रालयले डेंगु रोकथाम तथा नियन्त्रण गर्न को लागि हरेक शुक्रबार १०ः३० बजे दस मिनेट अभियान संचालन गर्न सबै संग अनुरोध गरेको छ ।

शुक्रबार (वैशाख १५ गते) देखि हरेक शुक्रबार बिहान सबै सरकारी तथा सार्वजनिक कार्यालयले आफ्नो कार्यालय हाताभित्र र वरपर सबै कर्मचारी सहभागी भई सरसफाइ अभियान अनिवार्य संचालन गर्न स्वास्थ्य मन्त्रालय ले आग्रह गरेकोछ ।

नेपालमा डेंगु संक्रमण गत वर्ष हालसम्मकै उच्च थियो । गत वर्ष ५४ हजार ७ सय ८४ जनामा डेंगुको संक्रमण देखिएको थियो र ८८ जनाको मृत्यु भएको थियो । यो वर्ष समेत डेंगु संक्रमण बढ्न सक्ने अवस्था तथ्यांकले देखाएका छन् ।

स्वास्थ्य मन्त्रालय ले सबैको प्रयासले मात्रै डेंगु संक्रमण रोकथाम नियन्त्रण गर्न सकिने भएकोले यो अभियानमा सर्वसाधारण, निजी क्षेत्र र सरोकारवाला सबै व्यक्ति एवं निकाय हरुले आ-आफ्नो स्थानमा सहभागिता, सहजीकरण एवं समन्वय गरिदिन अनुरोध गरेको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!