शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र छिट्टै प्रतिष्ठान बन्ने


भक्तपुर -सरकारको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र छिट्टै प्रत्यारोपण प्रतिष्ठान मा परिणत हुने तयारी छ । केन्द्र को निर्देशक डा. पुकार चन्द्र श्रेष्ठ ले सोमवार आयोजित केन्द्रको ११ औं वार्षिक उत्सव समारोहमा भावी योजना वारे वताउदै प्रत्यारोपण प्रतिष्ठान निर्माण गर्ने जानकारी दिइएका हुन ।

मुलुकको सातै प्रदेशमा प्रत्यारोपण सेवा विस्तार सहित केन्द्रको क्षमता मा बृद्धि गरी ५०० शैयाको अत्याधुनिक सुविधा सम्पन्न केन्द्र बनाउने समेत तयारी रहेको डा. श्रेष्ठ ले बताए ।

प्रत्यारोपण केन्द्रले एक बर्षमा २ सय ६ वटा मृर्गौला प्रत्यारोण को रेकर्ड कायम गर्नु को साथै २७ हजार ८ सय ६७ सेसन हेमो डाइलाइसिस समेत गरेको छ ।

केन्द्रले मस्तिष्क मृत्यूबाट प्राप्त अंग अन्तर्गत ४ मृर्गौला प्रत्यारोपण र २ कलेजो प्रत्यारोपण समेत गरेको हो ।

मानब अंग प्रत्यारोपण केन्द्रका पूर्व अध्यक्ष डा शुशील नाथ प्याकुरेल को प्रमुख आतिथ्यतामा भएको वार्षिक उत्सव समारोहमा एक वर्ष भरी केन्द्रमा भएको प्रगति विवरण समेत प्रस्तुत गरिएको थियो ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!