राष्ट्रपति पौडेलको स्वास्थ्य सुधारोन्मुख


नयाँ दिल्ली (भारत ) – राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । नयाँ दिल्ली स्थित नेपाली दुतावासले अखिल भारतीय आयुर्विज्ञान संस्थान ( एम्स ) मा उपचाररत राष्ट्रपति पौडेलको स्वास्थ्य सुधारोन्मुख रहेको बिहिवार जनाएको हो । दुतावास ले राष्ट्रपतिको उपचारमा संलग्न सम्बन्धित चिकित्सकहरुलाई उल्लेख गर्दै उक्त कुरा बताएकोहो ।

थप उपचारका लागि बुधबार बिहान भारतको राजधानी नयाँ दिल्ली लगिएका राष्ट्रपति लाई एम्सको भीआईपी आईसीयूमा राखेर उपचार सुरु गरिएको हो । राष्ट्रपति पौडेल को स्वास्थ्यमा सुधार नभएपछि थप उपचारका लागि एयर एम्बुलेन्स बाट बुधबार बिहान भारत लगिएको हो ।

लामो समय (दुई साता) एन्टिबायोटिक दिदा समेत राष्ट्रपति पौडेल को स्वास्थ्यमा राम्रो सुधार नभए पछि परिवारका सदस्यले थप उपचारका लागि भारत लैजाने इच्छा प्रधानमन्त्री पुष्पकमल दहाल सँग राखेका थिए । छाती (फोक्सो) मा संक्रमण पछि उपचार निगरानीमा रहेका राष्ट्रपति गत सोमबार नियमित फलो अपमा त्रिवि शिक्षण अस्पताल गएका थिए । अस्पताल का एक चिकित्सक को अनुसार राष्ट्रपति को छातीमा जमेको पानी को परीक्षण समेत गरिएको थियो । प्रारम्भिक परीक्षणमा संक्रमण बाहेक अन्य अवस्था सामान्य देखिएको समेत ती चिकित्सकले बताए ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!