राष्ट्रपति रामचन्द्र पौडेल थप उपचारका लागी नयाँ दिल्ली स्थित एम्स मा


काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारार्थ नयाँ दिल्ली स्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा लगिएको छ । राष्ट्रपति पौडेल को स्वास्थ्यमा सुधार नभएपछि थप उपचारका लागि एयर एम्बुलेन्स बाट बुधबार बिहान भारत लगिएको हो ।

लामो समय एन्टिबायटिक दिदा समेत स्वास्थ्यमा राम्रो सुधार नभए पछि परिवारका सदस्यले थप उपचारका लागि भारत लैजाने इच्छा प्रधानमन्त्रीसँग राखेका थिए । छातीमा संक्रमण पछि उपचार निगरानीमा रहेका राष्ट्रपति सोमबार नियमित फलो अपमा त्रिवि शिक्षण अस्पताल गएका थिए । अस्पताल का एक चिकित्सक को अनुसार राष्ट्रपति को छातीमा जमेको पानी को परीक्षण समेत गरिएको थियो । प्रारम्भिक परीक्षणमा संक्रमण बाहेक अन्य अवस्था सामान्य देखिएको समेत ती चिकित्सकले बताए ।

राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेल ले बुधबार बिहान श्री एयरलाइन्सको एयर एम्बुलेन्स मार्फत राष्ट्रपति लाई नयाँदिल्ली लगिएको बताए । पौडेलसँग उनका निजी चिकित्सक डा. निरज बम, परिवारका सदस्य सहित ७ जना चिकित्सकको टोली समेत नयॉ दिल्ली गएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधानमन्त्री पूर्णबहादुर खड्कासहित अन्य मन्त्री राष्ट्रपतिलाई भेट्न शिक्षण अस्पताल पुगेका थिए ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!