कान्ती बाल अस्पताल मा सामान्य शल्यक्रिया को लागि २ वर्ष सम्म कुर्नुपर्ने बाध्यता


काठमाडौँ — कान्ति बाल अस्पताल मा बिरामी हरुले सामान्य शल्यक्रिया को लागि समेत २ वर्षसम्म पालो कुर्नुपर्ने बाध्यता रहेको छ । महालेखा परीक्षकको ६०औं वार्षिक प्रतिवेदनले अस्पतालमा बिरामीको चाप रहेको र सामान्य तथा गम्भीर शल्यक्रियाको लागि बर्सौं पालो कुर्नुपर्ने अवस्था देखाएको हो ।

महालेखा परीक्षकको प्रतिवेदन अनुसार कान्ति बाल अस्पतालमा हाइड्रोसिलको शल्यक्रिया को लागी ६ महिना देखि २ वर्ष कुर्नु पर्ने देखिएको छ । यस्तै सामान्य शल्यक्रिया गर्न ३ महिनादेखि १ वर्ष, गम्भीर शल्यक्रिया गर्न ६ महिना देखि २ वर्षसम्म पालो कुर्नु पर्ने अवस्था रहेको छ ।

अस्पतालमा मात्र २ वटा शल्य चिकित्सा कक्ष रहेको छ । कान्ती मा १६ शय्याको आईसीयू र ३० शय्याको सर्जिकल वार्ड रहेकोमा क्रमशः १० र २४ शय्या सञ्चालनमा रहेको प्रतिबेदन मा उल्लेख छ । जसले गर्दा आईसीयू चाहिने बिरामीलाई शय्या अभाव भएर अन्य अस्पताल मा पठाउनु पर्ने बाध्यता छ ।

कान्ती बाल स्वास्थ्य सम्बन्धी अध्ययन, अनुसन्धान केन्द्रको रूपमा संस्थागत विकास गर्ने उद्देश्यले २०१९ मा कान्ति बाल अस्पताल स्थापित भएकोहो । यो बाल बालिका सम्बन्धी उपचार सेवा प्रदान गर्न ३ सय ५२ शय्या सहित केन्द्रीय बाल अस्पताल को रूपमा सञ्चालन हुँदै आएको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!