कोभीडले ९५ दिन पछि एक जनाको मृत्यु / दैनिक संक्रमण दर ५.०९ प्रतिशत/आइसियु मा ११ र भेन्टिलेटर मा ३ जना कोभीड संक्रमित


काठमाडौं – मुलुकमा पछिल्लो ९५ दिन पछि बुधवार कोभीड संक्रमणले एक जना को मृत्यु भएको छ । हाल देशभरी मा आइसियु मा ११ र भेन्टिलेटरमा ३ जना कोभीड संक्रमित उपचाररत छन ।

अहिले मुलुकमा ओमिक्रोन को नया उत्परिवर्तित रूप एक्सबीबी.१.१६ सब भेरिएन्ट नेपाल, भारत लगायत धेरै देशहरूमा फैलिरहेको छ । यो हाल सम्म धेरै खतरनाक न देखिए पनि धेरै बढी संक्रामक देखिएको छ ।

बुधवार पिसिआर को लागि संकलित ६ सय २० र एन्टिजे न परिक्षण को लागी १ हजार ७ सय ५७ गरी जम्मा २ हजार ३ सय ७७ नमुना परीक्षण गर्दा ५ .०९ प्रतिशत अर्थात १ सय २१ जना मा कोभिड संक्रमण देखिएको हो ।

स्वास्थ्य मन्त्रालय को अनुसार हाल मुलुक मा ४ सय ९५ जना कोभिड को सक्रिय संक्रमित छन । दिनहु मुलुकमा कोभीड सक्रमित को संख्या बढी रहेकोले स्वास्थ्य सावधानी अपनाउन समेत स्वास्थ्य मन्त्रालय ले आग्रह गरेको छ ।

एक्सबीबी.१.१६ सब भेरिएन्ट बाट भएको संक्रमण मा देखिने सकिने लक्षण

  • ज्वरो
  • खोकी
  • घाँटी दुख्नु
  • रुघा
  • थकान
  • मांसपेशी दुखाइ
  • पेटमा समस्या जस्तै पखाला

संक्रमणबाट जोगीन यी दिशानिर्देशहरू पालना गर्नुहोस्

  • सार्वजनिक स्थानमा जानुअघि मास्क लगाउनुहोस्
  • अरुबाट कम्तिमा २ मिटरको दुरी राख्नुहोस्
  • भीडभाड भएको र कम हावा चल्ने ठाउँहरूबाट टाढा रहनुहोस्
  • साबुन र पानीले बारम्बार हात धुनुहोस् वा अल्कोहलमा आधारित ह्यान्ड सेनिटाइजर प्रयोग गर्नुहोस्
  • अहिलेसम्म खोप नलिनेहरुले पहिले खोप लगाउनुपर्छ

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!