कोशी अस्पताल मा मृर्गौला प्रत्यारोपण हुने


विराटनगर – कोशी अस्पताल मा निकट भविष्य मै मिर्गौला प्रत्यारोपण सेवा शुरु हुने भएको छ । शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र कोशी अस्पताल बीच मंगलवार मृर्गौला प्रत्यारोपण सेवा शुरु गर्ने सहमती भएको हो ।

प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा पुकार चन्द्र श्रेष्ठ र अस्पतालका निमित्त प्रमुख मेडिकल सुपेरिटेन्डेन्ट डा रबिना राज सिंहले संयुक्त रुपमा सहमती पत्रमा हस्ताक्षर गरेका हुन । मस्तिष्क मृत्यू पछि हुने अंगदान र अंग प्रत्यारोपण पनि गर्ने सहमती भएको ऊक्त कार्यक्रममा कोशी अस्पताल का कर्मचारी हरुको समेत उपस्थिति थियो ।

प्रत्यारोपण सेवा सुरु गर्नको लागि भौतिक पूर्वाधारहरु तयार हुादै गरेको र जनशक्ति विकासको लागि तत्कालै कोशी अस्पतालमा कार्यरत चिकित्सक, नर्स तथा प्राविधिकलाई क्षमता बृद्धि गरी आत्मनिर्भर वनाउनको लागि केन्द्रमा तालिममा पठाउने सहमती भएको छ ।

कोशी अस्पतालको जनशक्ति प्राविधिक रुपमा प्रत्यारोपण गर्न सक्षम न भए सम्म केन्द्रले प्राविधिक जनशक्ति र अन्य प्राविधिक सहयोग पनि गर्ने सहमती भएको छ । सरकारको नीति तथा कार्यक्रम अनुसार देश भरी सवैको पहुच मा हुने गरी सर्वसुलभ मृर्गौला प्रत्यारोपण कार्यको थालनी गर्नको लागि स्वास्थ्य मन्त्रालयका सचिव द्वय डा रोशन पोख्रेल र देव कुमारी गुरागाईको पहलमा सातै प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्ने कार्यक्रमलाई निरन्तरता दिने त्रममा कोशी अस्पताल संग सहमती भएको हो ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!