जापान द्वारा भक्तपुरको सामुदायिक स्वास्थ्य केन्द्र लाई चिकित्सा उपकरण हस्तान्तरण


काठमाडौं – जापान सरकारले मंगलवार भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका को सामुदायिक स्वास्थ्य केन्द्रलाई एक मेडिकल उपकरण हस्तान्तरण गरेको छ। जापानका राजदूत किकुटा युताका को  सहभागीता मा भएको समारोह मा उपकरण हस्तान्तरण गरिएका हो ।

जापानी सरकारको ग्रासरुट ह्युमेन सेक्यूरिटी प्रोजेक्ट को लागि अनुदान सहायता अन्तर्गत, मजदुर महिला र बाल कल्याण परिषद द्वारा सञ्चालित स्वास्थ्य केन्द्रमा स्तन क्यान्सर परीक्षण, थाइरोइड परीक्षण र मधुमेह परीक्षणको लागि चिकित्सा उपकरण प्रदान गरीएको हो । उक्त सहायता करीव ८९ लाख रूपिया वरावर को हो ।

यस अवसरमा राजदूत किकुटाले आयोजना मा संलग्न सबैले गरेको प्रयासको लागि बधाई दिँदै आभारी व्यक्त गरेका थिए। उनले मधुमेह, स्तन क्यान्सर र थाइरोइड डिसफंक्शन को प्रारम्भिक पहिचान महत्त्वपूर्ण रहेकोमा जोड दिए। यो परियोजनाले यी रोगहरूको प्रारम्भिक पहिचान गर्न र व्यक्ति, परिवार र अन्ततः सम्पूर्ण समुदायको लागि राम्रो स्वास्थ्य र जीवनको गुणस्तरमा योगदान पुर्‍याउने समेत उनले जनाए ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!