मुगुमा निःशुल्क आँखा शिविर, १५४ जनाले पाए ज्योति


मुगु – हिमाली जिल्ला मुगुका दुई वटा स्थानिय तहमा निःशुल्क आँखा शिविर मार्फत १ हजार १ सय १८ जना बिरामीहरुको आँखा परिक्षण गरिएको छ । १ सय ५४ जनाको निःशुल्क शल्यक्रिया समेत भएको हो ।

नेपाल नेत्रज्योति संघको आयोजनामा चैत्र १५ गतेदेखि १७ गतेसम्म मुगु को  छायाँनाथ रारा नगरपालिका गमगढीमा सञ्चालित शिविरमा ६४७ जना बिरामीहरुको निःशुल्क आँखा जाँच गरिएको थियो । जाँच गराएका बिरामीहरु मध्ये मोतिबिन्दु देखिएको ६५ जनाको निःशुल्क शल्यक्रिया समेत गरिएको थियो ।

नेपाल नेत्रज्योति संघ आँखा उपचार केन्द्र मुगुको स्थानिय आयोजना, हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोग र नेपाल नेत्रज्योति संघ एकिकृत आँखा कान स्वास्थ्य कार्यक्रम कर्णालीको आर्थिक सहयोग र आईकेयर फाउन्डेसनको बिशेष सहयोगमा उक्त शिबिरहरु आयोजना गरिएको हो ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!